उत्तम शाहीधमाथु

देवाधिदेव महादेवको नाममा नामाङ्करण भएको तारकेश्वर नगरपालिका नामैले पनि ऐतिहासिक पौराणिक छ । उपत्यकाको उत्तरपश्चिम नाका पाँचमाने भञ्ज्याङ्गसमेत यही नगरपालिकामा छ, जहाँ मञ्जुश्रीले स्थापना गरेको पाँचवटा बौद्ध चैत्य पञ्च ध्यानी बुद्धहरु वैरोचन, अक्षोभ्य, रत्नसम्भव, अमिताभ र अमोध सिद्धि स्वरूपको मणि अथवा माने छ । सो स्थान वर्तमान समयमा पर्यटकीय स्थल बनेको छ, जहाँबाट वर्तमान समयमा तारकेश्वर महादेव र भुवनेश्वरी मन्दिर दर्शन गर्न जान नजिक र सजिलो पनि छ । तारकेश्वर नगरपालिका वडा नं ३ अर्न्तगत यस स्थानमा किरातकालतिर तामाङ्ग थरको राजाले राज्य सञ्चालन गरेको किंवदन्ती सुन्न पाइन्छ । यति नै बेला तारकेश्वर नगरपालिकाको वडा नं ६ भँगरीटारमा भँगेरी राजाले राज्य गरेको धर्मस्थलीमा नै लिच्छवि शासनकालको सुरुवाततिर गंगा महारानीले राज्य गरेको र तारकेश्वर नगरपालिकाहरुमा चाडबाडमा जात्राको सुरूवात गरेको जनश्रुति सुन्न पाइन्छ, जुन खोजीको विषयवस्तु बनेको छ ।

 

स्वस्थानीको कथाअनुसार महादेवकी प्रथम पत्नी सतीदेवीले अपमान सहन नसकी यज्ञ कुण्डमा हामफाली देहत्याग गरेपछि वियोगबाट विरक्तएिर सतीदेवीको मृत शरीर बोकेर हिड्ने क्रममा तारकेश्वर नगरपालिका वडा नं ४ गुह्येश्वरीमा गुह्यस्थान पतन भएको र गुह्येश्वरी माताको उत्पत्ति भएको र तारकेश्वर नगरपालिका वडा नं ३ जितपुरफेदीभन्दा माथि जंगलमा पुगेपछि सतीदेवीको तालु (खसेको) पतन भएको कारण सो ठाँउमा तारकेश्वर महादेवको उत्पत्ति भएको किंवदन्ती सुन्न पाइन्छ । सो तारकेश्वर महादेवको मन्दिरमा परापूर्वकालमा स्थानीय मानिसहरुले आफ्नो घरमा शुभ कार्य हुँदा आवश्यक पकाउने खुवाउने भाँडाकुडा आफूलाई चाहिएको सम्पूर्ण विवरण एकदिन अगाडिनै महादेवको मूर्ति स्वरुप रहेको ठूलो ढुङ्गातर्फ फर्केर हात जोडेर उक्त कुरा भनेपछि भोलिपल्ट बिहान लिन जाँदा सम्पूर्ण सामग्री पोखरीको छेउमा राखिएको हुन्थ्यो रे । पछि एक जना मति भ्रष्ट व्यक्तिले महादेवले त्यसरी दिएको भाँडाकुँडामध्ये एउटा पन्यू फिर्ता दिएनन् रे ! यो घटनापछि महादेवले. दिँदै आएको भाँडाकुँडा दिन छोडेको जनश्रुति आजभोलि पनि सुन्नः पाइन्छ । यही तारकेश्वर महादेवको नामबाट हाम्रो नगरपालिकाको नाम तारकेश्वर रहन गएकोमा हामी तारकेश्वरवासीले गर्व गर्नु पर्छ ।

त्रिशुली जल विद्युत् आयोजनाको निर्माण नहुन्जेलसम्म नेपालको पश्चिम जाने र तिब्बतसँग व्यापार गर्ने मूल नाका अथवा व्यापारिक मार्ग नै यही थियो । उपत्यकाको सोह्रखुट्टे, बालाजु, लखुपात (दगुर्ने पानी) लामबगर, मनमैजु, जरंकु, धर्मस्थली, जितपुर फेदी, पाँचमाने भञ्ज्याङ्ग हुँदै आउनेजाने बाटो थियो । प्राकृतिक दृष्टिकोणले पनि काठमाडौं उपत्यकाको उत्तरपश्चिमी क्षेत्रमा तारकेश्वरको जङ्गलबाट आएको पानी र उपत्यकाको पानी महामञ्जुश्रीले चोभारको नाकाबाट डाँडो काटेर पानी पठाउँदा यस उच्च भूभागबाट क्रमशः विभिन्न खोला खहरेको रूपमा महादेव खोला बनी बिष्णुमती र वागमती नदीमा मिसिएको अवस्था छ भने पौराणिक दृष्टिकोणले पनि यो तारकेश्वर नगरपालिका देवभूमिको रुपमा अवस्थित छ ।

तारकेश्वर नगरपालिकाभित्र रहेका देवभूमिहरुमा वडा नं १ साङ्गलामा बालकुमारी, वडा न २ काभ्रेस्थलीमा इन्द्रायणी, वडा नं ३ जितपुर फेदीमा तारकेश्वर महादेव, पाँचमाने, वडा नं ४ गोलढुङ्गामा पुरानो गुहेश्वरी, वडा नं ५ गोलढुङ्गा, मुड्खु भङ्ज्याङ्ग, वडा नं ६ धर्मस्थली महाकाली माई, खेलाचौरको बुद्ध स्तुपा, वि.सं. ५१७ को शिलालेख वडा नं ७ जय इन्द्रायणी माता, वडा नं ८ जय इन्द्रायणी, वडा नं ९ मनमैजु माता, वडा नं १० र ११ मा पर्यटकीय रूपमा आकर्षक भएका स्थानहरुमा काभ्रेस्थलीको शान्तिधाम, राष्ट्रिय झण्डा डाँडो, जितपुर तारकेश्वर मन्दिर, पाँचमाने, भुवनेश्वरी मन्दिर, वडा नं ५ गोलढुङ्गा भ्यूटावर, गोलढुङ्गा वडा नं ४ को पुरानो गुह्यश्वरी, मनमैजु माई र अन्य मठमन्दिर प्रसिद्ध छन् ।

यस तारकेश्वर नगरपालिकाअर्न्तगत जितपुरको पाँचमाने भज्याङ्गमा किरातकालको अन्त्यतिर तामाङ्ग थरका राजाले राज्य गर्दथे भन्ने जनश्रुति सुन्न पाइन्छ । त्यही समयमा धर्मस्थलीको भँगेरीटारमा भङ्गेरी राजाले राज्य गर्दथे रे । पाँचमानेको राजा र भँगेरी राजाबिच मित्रता नभएको कारण भँगेरी राजाले आफ्नो दरबारको ढोका लगाएको आवाज सुनेपछि मात्र पाँचमानेका राजाले आफ्नो दरबारको ढोका लगाउथे रे । भँगेरी राजाको दरबार भएको स्थानमा अहिले पनि पुराना ईंटाहरु दरबारको भग्नावशेषहरु फेला पर्न सक्छन्, पुनः उत्खन्न गरी हेर्न आवश्यक छ । भँगेरी दरबारको सिमाङ्कनस्वरूप गाडेका ढुङ्गाहरु अहिले पनि दुनेःबु लोसान फाट मा देख्न सकिन्छ भने उपत्यकाका लिच्छवि राजाहरु शक्तिशाली भएपछि भँगेरीटारमा आफ्नो दरबारको सम्पूर्ण सम्पत्ति दरबारभित्रै ठूलो इनारमा गाडेर सुरक्षित राख्न लगाएका थिए रे । एउटा रमाइलो प्रसङ्ग राणाकालमा जुद्ध शमशेरको पालामा साविक धर्मस्थली गा.वि.. वडा नं ३ स्थित कोत: फल टोलका स्वर्गीय शिवलाल महर्जनको घरमा अनाथको रूपमा पालिएका वास्तविक नाम थाहा भएन, छद्म नाम चाहिँ न्याउरी मुसो चोर (नवचाः खः) को खुब चर्चा आउँछ, नामुद चोर, सम्मोहन क्रियाको सहायताले जे पनि गर्न सक्ने व्यक्ति धर्मस्थलीमा थिए । उनले आफ्नो तान्त्रिक विद्यामार्फत भँगेरीटारमा भँगरी राजाले त्यसरी लुकाएर राखेको अमूल्य सम्पत्तिबारे थाहा पाएपछि आफैले मान्छे लगाई खनेर निकाल्न खोज्दा चार दिशाबाट नागहरु आई रोकेपछि ननिकाली पुरेर पुनः पहिले जस्तै राखिदिएका थिए भन्ने जनश्रुति छ । पछि यही नवचाः खुः ले अहिलेको वनमा (तारकेश्वरको जङ्गलमा ) दपमशालबाट वन गएकी तामाङ्गनी थरकी महिलालाई गहनाकै लागि हत्या गरेको अपराधमा सोही स्थानमा लगी मृत्युदण्ड दिएको थियो । यसको लागि पुरानो दस्तावेज खोजी गर्नु अति आवश्यक छ ।

तारकेश्वर नगरपालिका सात गा.वि..मा पहिले अहिलेको जस्तो जनसंख्या पनि थिएन, घरहरु पनि थिएन । पछि विस्तारै यहीका मानिसका संख्या पनि बढे भने बाहिरी जिल्लाबाट बसाई सरी आउनेको संख्या पनि बढेर पछि स्थानअनुसार त्यस्ता स्थानहरुमा देवीदेवताका मठमन्दिरहरु समयसमयमा निर्माण भएका छन् । यी पनि तारकेश्वर नगरपालिकाको धरोहर र सम्पत्ति हुन् ।

तारकेश्वर नगरपालिकामा प्राचीन हिन्दु तथा बौद्ध धर्मालम्बी, ऋषिमुनिहरु गरी स्थानमा बसी धार्मिक सभा आयोजना गरी महत्त्वपूर्ण धार्मिक निर्णयहरु गर्दथे । नियमित रूपमा धार्मिक सभाहरु हुने भएको कारण यो नगरपालिका तत्कालीन समयमा पवित्र धार्मिक स्थल हो । त्यस्तै नेपाल र तिब्बतबिच भएको व्यापारिक सन्धि धर्मको आधारमा गरिएको र उक्त सन्धि पनि यसै तारकेश्वरमा नै बसेर गरेको हुनाले पनि यो तारकेश्वर नगरपालिकाको आफ्नै विशेषता छ । स्वयम्भूको स्थापना हुनुभन्दा अगाडि महामञ्जुश्री यस तारकेश्वरको भ्रमण गरी जितपुरको पाँचमाने र धर्मस्थली खेलाचौरको गौतम बुद्धको आमाको स्तुपासमेत निर्माण गरेको पवित्र स्थल पनि हाम्रो तारकेश्वर हो, जुन स्तुपालाई स्वयम्भूको आमा भनेर पनि चिनिन्छ । तारकेश्वर नगरपालिका प्राचीनकालदेखि यस नगरपालिकाको बाटो हुँदै नेपालको पश्चिम भूभागका मानिसहरु र छिमेकी देश तिब्बतको केरुङ्ग नाका हुँदै आउने जाने र अधिकांश भारत तथा चिनतिब्बतका यात्रीहरु यही तारकेश्वरका तत्कालीनन गाउँका गाँउलेको घर आँगन, पाटीपौवा र घर पिढी र अन्यमा ठाउँ नपुगेमा रख र बाँसको छहारीमुनिसमेत वास बसेर नेपाल उपत्यकामा आउने र आआफ्नो गन्तव्यमा जाने आउने क्रममा बास बस्ने पवित्र स्थान हो हाम्रो तारकेश्वर ।

पौराणिककालदेखि रसुवा जिल्लाको पवित्र तीर्थस्थल गोसाई मेला लाग्ने र श्रावण महिनामा सो स्थानमा मेला भर्न उपत्यकाका तीन शहरका मानिसहरु हिडने मूल बाटो तारकेश्वर नगरपालिका के मनमैजु, गोल, धर्मस्थली जितपुर जाने आउने गर्दथे, जुन कुरा नेपाल भाषाको सिलु तिर्थया शिर्षक पुलागु भो पुस्तकमा उल्लेख गरिएको छ सो गीतको बोलमा घरबाट उठेर हिड्दै गर्दा पहिलो वास गोसाईकुण्ड जाँदा तारकेश्वर नगरपालिकाको धर्मस्थलीलाई उल्लेख गरिएको छ । त्यस्तै नुवाकोट जिल्लाको कविलास डाँडामा रहेको महादेव स्थान र नाटयेश्वरीको मन्दिरमा प्रत्येक वर्षको शिवरात्रिमा मेला लाग्ने परम्परा यद्यपि छ । मेला भर्न उपत्यकाका तीन शहरका मानिसहरु सो मेलामा सहभागी हुन यही तारकेश्वर नगरपालिकाका गाउँघरको बाटो भएर जाने २ फर्किने क्रममा तारकेश्वर नगरपालिकाका वडा नं ६ धर्मस्थलीमा पाँच दिनसम्म चल्ने परापूर्वकालमा धर्मस्थलीमा राज्य गर्ने गंगा महारानील सुरूवात गरेको पाहा: च जात्रा (घोडे जात्रा) को अन्तिम दिनको जात्रा ती कविलास मेला भरेर फर्कने तीर्थालुले हेरेर फर्किने परम्परा यद्यपि छँदै छ ।

काठमाडौ उपत्यकाको शक्तिपीठहरुमध्ये देवी शक्तिपीठमा भचाःखुशी र विष्णुमतीको दोभानमा अवस्थित शोना भगवती देवीको माइती नुवाकोट हो । परापूर्वकालदेखि शोभा भगवती देवी वर्षको एक पटक माइत जाने परम्परा अहिले पनि छ माइत जाने क्रममा मूल बाटो बालाजु, ता..पा.वडा नं ६ धर्मस्थलीमा एक रात बास बसी बाटोमा पर्ने जनमानसको पूजा ग्रहण गर्दै तान्पा वडा नं ३ जितपुर फेदी बजार हुँदै पाँचमाने भञ्ज्याङ हुदै नुवाकोट जाने परम्परा अहिले पनि छ । तारकेश्वर नगरपालिका वडा न ६ धर्मस्थली तारकेश्वर नगरपालिकाको भवन अगाडि बौद्ध स्तुपाको अगाडि ठूलाठूला दुई वटा पिपलको रुख र नजिकै रहेको ग्राम सेवा माध्यामिक विद्यालयको प्राङ्गणमा रहेका अर्को एउटा पिपलको रुख गरी तीन वटा पिपलको रुखको बारेमा चिनियाँ यात्री हुयन सायले आफ्नो यात्रा वृत्तान्तमा समेत उल्लेख गरेका छन् र खेला चौरको बौद्ध स्तुपा अगाडि दुईवटा ढुङ्गाको जमिन माथि चार फिट र पाँच फिट उठेका दुईवटा ढुङ्गाको चारपाटे खम्बा उठेको छ, सो ढुङ्गाको पूर्व फर्केको भागमा अक्षरहरु कुँदिएका छन् भने सोही खम्बाको पश्चिमतर्फ गजुर जस्तो उठेको र दुबै ढुङ्गामा गोलो खोपी छ जहाँ कान राखेर सुन्दा चिन र तिब्बतमा दालभात पकाएको आवाज सुनिने जनश्रुति छ। सोही बुढाको शिलालेख खोज अनुसन्धान गरी सत्यतथ्य पत्ता लगाई बुद्ध स्तुपाबारे जानकारी लिन अति आवश्यक भएको छ।

लिच्छविकालिन धार्मिक राजा अंशुवर्माले आफ्नी छोरी भृकुटीको विवाह तिब्बतका राजा गम्पोसँग दुई देशको सम्बन्ध सुधार गर्न गरिदिएको र तिब्बतका राजाले यही तारकेश्वरको बाटो हुँदै केरूङ्ग नाकाबाट तिब्बत मित्राएको भन्ने जनश्रुति छ । त्यस्तै भारतका धार्मिक गुरु शंकराचार्यले धार्मिक यात्रा गर्ने क्रममा तिब्बत जाँदा यसै तारकेश्वर नगरपालिकाको बाटो हुँदै गएको, यसरी तत्कालीन समयमा देश विदेशका ख्याति कमाएका धार्मिक गुरु धर्म प्रचारक गुरुहरुले पाइला टेकी धर्मसभा गरेको स्थल देव क्षेत्र हाम्रो तारकेश्वर क्षेत्र हो | नेपालीहरुको तथा विश्वकै हिन्दुहरुको आस्थाको केन्द्र अराध्य देव पशुपतिनाथको मन्दिरमा प्राण प्रतिष्ठा गर्न आएका भारतका धर्मगुरु तथा तान्त्रिक लभकर्ण भट्टले तारकेश्वर नगरपालिका वडा नं ६ स्थित धर्मस्थलीका नेवारी समुदायका मानिसहरुको पिरकुनमा रहेको मसानघाटलाई  सोह दिन हराउने परम्परा हटाएको जनमानसमा चर्चाको विषय छ तत्कालीनन समयमा छिमेकी देश भारत, तिब्बत र चिनको व्यापारिक मार्ग नै तारकेश्वर नगरपालिकाका तत्कालीन गाउँघरहरु व्यापारीहरु र जनमानसहरु समेत हिँड्ने बास बस्ने यही तारकेश्वर नगरपालिकामा गर्दथे । नेपाल तिब्बतको सन्धिअनुसार नेपाली मुद्रा पैसा तिब्बतमा प्रचलनमा ल्याई सो मुद्रा अथवा तिब्बती मुद्रा तिब्बतबाट कच्चा सुनचाँदी ल्याई नेपालमा मुद्रा बनाई तिब्बतमा प्रचलनमा ल्याइएको थियो । यसरी तिब्बतबाट सुनचाँदी ल्याउँदा र मुदा तयार गरी तिब्बत लाने मूल बाटो हुँदै चिनका पालिकाका तत्कालीन गाँउघर थिए । पछि यही बाटो हुँदै चिनका सम्राटलाई पनि उपहार पठाउने र ल्याउँदा सोही बाटो प्रयोगमा आयो । तारकेश्वर नगरपालिकाअर्न्तगतका गुचमुच्य बस्ती भएका गाँउघरमा तत्कालीन समयमा मुखियार र द्वारेद्वारा राज्य सञ्चालन गर्ने गराउने केन्द्रीय सरकारको नीति थियो । तारकेश्वर नगरपालिकाभित्रका मूल बाटोमा पर्ने गाँउघरका मानिसहरुलाई त्यस्ता उपहार र सामग्री बोकेर निश्चित स्थानसम्म पुन्याउने ल्याउने कार्य गर्न यिनै मुखिया र द्वारेहरुले पालो मिलाउने र आफ्नो पालोमा काम नगरेकालाई जरिवाना गर्ने समेत हुन्थ्यो भने तत्कालीन समयमा यस्तो नीतिनियमहरु नमानी गाउँ छोडेर अन्यत्र गएर बसोबास गरेका मानिसहरुका सन्ततिहरु पनि वर्तमान समयमा फेला परेका छन् ।

काजी अमरसिंह थापा नेपालअंग्रेज युद्धमा झुक्न हुन्न अथवा सम्झौता गर्न हुन्न भन्ने पक्षमा थिए । जय नेपाल सरकारले अंग्रेज सरकारसँग सम्झौता गन्यो तव जीवन देखि नै विरक्तीएर दुईरानी साथमा लिएर यही नगरपालिकाको बाटो हुँदै गोसाईकुण्ड तीर्थ हिडेका काजी अर सिंह थापाको नुवाकोट र रसुवाको सिमानामा पुगेपछि मृत्यु भएको र दुई रानीसाथ सोही ठाँउमा मृत्यु संस्कार गरेको कुरा हामीले ईतिहासमा पढ्न पाईन्छ। वडा माहाराजधिराज पृथ्वी नारायण शाहले नेपाल एकिकरण गर्ने क्रममा वि.सं. १८१२ सालमा तारकेश्वर नगरपालिकाको वडा नं ६ धर्मस्थली गाउँ विजय गरेको र केही समय पृथ्वी नारायण शाहले यही बसी गोरखनाथ र भिमसेनको मुर्ति स्थापना गरि मन्दिर समेत निर्माण गरेको कुरा ईतिहासबाट प्रष्ट हुन्छ ।

ग्रन्थकार धनवज्र बज्राचार्यको लिविकालका अभिलेख अनुवाद, ऐतिहासिक व्याख्या सहित) को पुस्तकको पाना न २५७, २५८ र २५९ मा तत्कालिन लिच्छवी राजा शिवदेव र अंशुवर्माको पालाको अथवा विस ५१७ को शिलालेखमा समेत तारकेश्वर नगरपालिका वडा नं ६ धर्मस्थलीका बासिन्दा, धर्मात्मा धर्मप्रति विश्वास, आस्था राख्ने भएको कारण विविध विषयको करमा छुट दिएको र भोगवर्मा गोभी नामको कर्मचारी सो कार्यको रेखदेख गर्न खटाएको शिलालेखमा उल्लेख छ। सो शिलालेखमा उल्लेख भएका कुरा यस प्रकार छ । (वि.स ५१७ को शिलालेख समेतको विवरणको फोटो खिचेर हाल्ने ) यो शिलालेख वास्तवमा तारकेश्वरमा छ तर काँहा छ ? खोजी गरेर प्रमाणित गर्न ढिला भैसक्यो । चाँगु नारायणको वि.सं. ५२१ को शिलालेखलाई सबै भन्दा ऐतिहासिक र पुरातात्विक शिलालेख भनेर अध्ययन गर्ने हामीले हामी तारकेश्वरमा भएको वि.सं. ५१७ को शिलालेखलाई ओझेलमा पार्नु दुःखदायी विषय बनेको छ ।

नेपाल सम्वत ७८९, वि.सं. १७२६ आजभन्दा ३५१ वर्ष अगाडि पाटनका मल्ल राजा श्री निवास मल्ल आफ्ना ज्वाई तारकेश्वर नगरपालिका धर्मस्थलीका सुरदत्त श्रेष्ठको घरमा आई उनलाई सहायता गरी लोकनाथ करूणामयको गुठी संस्थापना गरि दिएको कुरा नेपाल भाषा वंशावली मणिरत्न मालामा उल्लेख गरिएको छ। जुन करूणामयको मन्दिर हालको नगरपालिका भवन अगाडि छ भने लोकनाथ करूणामयको पाटी भएको स्थानमा हाल तारवार लगाईएको छ र उत्खनन् गरी हेरेमा मल्ल कालिन ईटा र झिंगटी फेला पार्न सकिन्छ ।

मल्लकालमा नै राजा रत्नमल्लको शासनकाल नेपाल सम्वत ६२९/३० अथवा वि.सं. १५६६ तिर तारकेश्वर नगरपालिकाको धर्मस्थलीको पारी थुम्कोमा माहाकाल मन्दिर निर्माण गरिएको कुरा देवमाला वंशावलीमा उल्लेख गरिएको छ । सोही मन्दिर परिसरमा राम मल्लले पछि भैरमको मूर्ती स्थापना गरी प्राण प्रतिष्ठा गरिएको कुरा पनि सोही वंशावलीमा उल्लेख गरिएको छ ।

राष्ट्रकवि माधव प्रसाद घिमिरे पनि पनि पश्चिम नेपालबाट पहिलो पटक नेपाल उपत्यकामा प्रवेश गर्द विस २०११/०१२ सालतिर पाँचमाने भञ्ज्याङ्ग हुँदै तारकेश्वर नगरपालिका ॐ धर्मस्थलीमा बास बसेको वृत्तान्त राष्ट्रकविले आफ्नो यात्रा विवरणमा उल्लेख गर्नु भएको छ ।

विसं २०१८ सालमा तत्कालीन नेपालका राजा मेहेन्द्र वीर विक्रम शाह सुदुर पश्चिमाञ्चल भ्रमण गर्न जाने क्रममा तारकेश्वर नगरपालिका जितपुर गाउँपञ्चायतका तत्कालिन प्रधान पञ्च भाइकाजी बा । हास्य कलाकार मदन कृष्ण श्रेष्ठका पूजनीय पिता हुनुहुन्छ ।

आज नगरपालिका घोषणा भएको पनि धेरै भैसक्यो तर पनि हामी यस नगर पालिकामा समेटिएका सातवटा गाविसमा भएका पौराणिक र ऐतिहासिकताबाट अनमित्र छौ । तारकेश्वर नगरपालिकाको प्रत्येक वडामा भएका पूरातात्विक, ऐतिहासिक कुराहरूलाई प्रमाणित रूपमा ल्याउन निकै ढिलो भैसक्यो । यसमा वडावासी, वडा कार्यालय र नगरपालिकाले पूर्ण जिम्मेवारी लिनु पर्दछ ।