तारकेश्वर महादेव

तारकेश्वर महादेव
काठमाडौँ उपत्यकाको उत्तरपश्चिममा पर्ने शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्र सुरम्य वातावरणमा रहेको महत्वपूर्ण तीर्थस्थलका रुपमा तारकेश्वर मन्दिर रहेको छ । ऐतिहासिक पाँचमाने र जितपुरफेदीबाट अल्ले ब्यारेक हुँदै पुग्न सकिने तारकेश्वर महादेव मन्दिरमा शिवरात्री, जनै पूर्णिमा र नयाँ वर्षको दिन ठूलो मेला लाग्दछ । प्राकृतिक सौन्दर्यको खानी समेत मानिने शिवपुरी पर्वतमालाको काखमा रहेको तारकेश्वर महादेव मन्दिर हिन्दू धर्मावलम्वीहरुको महत्वपूर्ण तीर्थ हो । स्कन्दपुराणको केदार खण्डको माघमहात्म्य श्री स्वस्थानी व्रतकथामा वर्णन भए अनुसार सतीदेवीको दाहिने तिघ्रो पतन भएको स्थानमा तारकेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरुपले रहे भन्ने उल्लेख छ । तारकेश्वर महादेव मन्दिर पहरामा रहेको छ । तारकेश्वर महादेव मन्दिर नजिकै झरना, गुफा, पोखरी, पाटी पनि रहेका छन् । नववर्ष, एकादशी, शिवरात्रि, जनैपूर्णिमा जस्ता तिथि वा चाडपर्वमा टाढाटाढाबाट भक्तजनहरु यहाँ पूजाआजा गर्न र मेला भर्न आउने गर्दछन् ।
धार्मिक कथा अनुसार देव र दानवको युद्धमा कार्तिकेयलाई भाला चलाउने अधिकारमात्र दिइएको थियो तर उनकी श्रीमती भल्लिमाला र देवसेनालाई बाण, ब्रह्मास्त्र, वायव्यास्त्र, अग्न्यास्त्र चलाउने अधिकार प्राप्त थियो । दानवसँग युद्ध गर्न जाँदा अघोर स्वरुपमा म तारकेश्वरमा रहन्छु भनी स्वयम् शिवजीले देवसेना र अन्य सेनालाई भन्नु भएको थियो । त्यसैले युद्धभूमिमा जान सिद्धि प्राप्त गर्नुपर्ने तथा हातहतियार आवश्यक परेकोले सो प्राप्त गर्न सबै देवगण तारकेश्वर पुगेका थिए । त्यसपछि देवगणले महादेवको प्रार्थना गरी उक्त हतियार र सिद्धि प्राप्त गरेका थिए । मनको इच्छा पूरा गर्न वा केही सामग्री माग्न तारकेश्वर मन्दिरमा गएर प्रार्थना गर्ने प्रचलन भएको कुरा कविन्द्र प्रताप मल्लको हनुमानढोकास्थित शिलालेखमा पनि उल्लेख छ । जुन कुरालाई शिलाभी सारमा समेत उल्लेख गरिएको छ । त्यसैले, हिजोआज मानिसहरु आफ्नो मनोकाब्क्षा पूरा होस् भनेर तारकेश्वर महादेव मन्दिरमा पूजाआजा गर्न जाने गर्दछन् । पहरामा रहेका तारकेश्वर महादेवको पूजा अर्चना गर्न थुप्रै भक्तजन जाने गर्दछन् । उक्तस्थानमा तपश्वी कालीबाबा बस्दै आएकोमा विक्रम सम्वत् २०५६ माघमा कालीबाबाको मृत्यु भएपछि उनको समाधि गरिएको ठाउँमा शिवलिङ्ग निर्माण गरिएको छ । कालीबाबाको कुटी पनि २०७२ साल बैशाख १२ र २९ को विनासकारी भूकम्पले भत्किएकोमा तारकेश्वर नगरपालिकाले तारकेश्वर धामको बृहत् गुरुयोजना तयार गरी संरक्षण, सम्वद्र्धन र निर्माण कार्य गरिरहेको छ ।
सार्वजनिक विदा तथा अन्य दिनहरुमा पनि मन्दिर दर्शन र घुमफिर गर्न मानिसहरु तारकेश्वर जाने क्रम बढ्दो छ । मन्दिर वरपर विभिन्न प्रकारका चराचुरुङ्गी, फूल, पुतलीको अवलोकन गर्न सकिन्छ । मन्दिर पुग्न ठाउँठाउँमा छिँडीको व्यवस्था गरिएको छ । मन्दिरको काखमा रहेको पोखरीले यहाँको सौन्दर्यलाई झन आकर्षक बनाएको छ । झरना, हरियाली वातावरणका कारण यो स्थानलाई स्वर्गको एकटुक्राका रुपमा नै लिन सकिन्छ । तारकेश्वर महादेव मन्दिरको शिरोभागमा अर्थात् तारकेश्वरबाट करिब १ घण्टा उकालो चढेर द्यौलेश्वर महादेवको शिवलिब्ग स्थलमा पुग्न सकिन्छ । जहाँबाट उपत्यकाको मनोरम दृश्यावलोकन गर्न सकिन्छ ।

 

पुरानो गुह्येश्वरी

पुरानो गुह्येश्वरी
तारकेश्वर नगरपालिका वडा नं. ४ स्थित पुरानो गुह्येश्वरीलाई प्रमुख शक्तिपीठका रुपमा लिइन्छ । पुरानो गुह्येश्वरीको दर्शन गर्नाले राजभय, चोरभय, ग्रहभय र रोगभय लगायतका सबै किसिमका भय नाश हुन्छ भन्ने विश्वास छ । यसै कारण पुरानो गुह्येश्वरीलाई सबैले श्रद्धा, विश्वास र भक्तिका साथ पुज्ने गरिएको पाइन्छ । प्रागऐतिहासिक कालमा चीनबाट नेपाल आउनु भएका गुरु वागीश्वर मञ्जुश्रीलाई नैरात्मादेवी गुह्येश्वरीले विश्वरूपको दर्शन दिई खड्गसहित शक्ति प्रदान गरेपछि उनलाई चोभारको डाँडो काटी उपत्यकाको पानी बाहिर पठाउन सफलता मिलेको तथ्य स्वयम्भू पुराणमा उल्लेख छ । उक्त पुराणअनुसार मञ्जुश्रीले नै गुह्येश्वरीको कुण्डको जलले अभिषेक गरेपछि कुण्डलाई सर्वप्रथम व्यवस्थित रूपमा निर्माण गर्ने काम गरेका हुन् । गुह्येश्वरी भन्नाले गुह्यरूपमा संसारको अस्तित्व सञ्चालन गर्ने आदि अन्त्यरहित परम् शक्तिकी अधिष्ठात्री शक्तिलाई नै बुझिन्छ । गुह्याति गुह्य गोत्री त्वां भनेर सारा संसारमा गोप्यरूपले रहेर संसारको अस्तित्व सञ्चालन गर्न सक्ने महेश्वरी भनेर वन्दना गरिँदै आएको छ। माता गुह्येश्वरीलाई कसैले स्थापित गरेको नभई आफैँ उत्पत्ति भएको शक्तिपीठका रूपमा लिइन्छ ।
स्वस्थानी महात्म्यमा वर्णन भएअनुसार सत्ययुगमा सतीदेवीको गुह्यपतन भएको स्थानमा उत्पन्न भएकीले उनलाई गुह्येश्वरी शक्तिपीठ भनिएको हो । त्यस्तै, अर्को कथन अनुसार कालकूट विष सेवनपश्चात महादेव डाहा शान्त गर्न उत्तरापन्थतिर लाग्दा यहाँ बस्नु भएको थियो । त्यसैक्रममा माता पार्वती महादेवको खोजीमा यहाँ आउँदा रजस्वला हुनुभएपछि त्यहीँ अलप भएर गुह्येश्वरीका रूपमा उत्पन्न भएकी हुन् भन्ने कथन पनि पाइन्छ ।
त्यस्तै, कुनै समयमा एकजना आचार्य कालीको दर्शन गर्न गएका र अब उप्रान्त तिमी दर्शन गर्न आइरहन पर्दैन भनेर देवीले एउटा थाली दिएको र बीच बाटोमा आउँदा थाली खसेको र त्यसै ठाउँमा नै माता गुह्येश्वरीको उत्पत्ति भएको हो भन्ने कथन समेत प्रचलित छ । बहुधा श्रुयतां ममः अर्थात् मेरा बारेमा धेरै कुरा सुनिने गरेको छ भन्ने माताले नै उद्घोष गरेबाट माता गुह्येश्वरीको उत्पत्तिका बारेमा विविध मत मतान्तर पाइन्छन् भन्नु युक्तिसब्गत नै देखिन्छ ।
पुरानो गुह्येश्वरीको पीठको कुण्ड करिब सातफिट गहिराइको रहेको छ । तर पानीले भरिएको कुण्डको मुखमा चाँदीको कलश राखिएको हुन्छ । यस कुण्डमा कलश राख्ने काम सर्वप्रथम वि.सं.९९९मा भएको हो ।
चाँदीको पूर्णकलशका रूपमा सर्वसाधारणले दर्शन पूजन गरिने देवस्थलको मुन्तिर अर्को गोप्य असली तान्त्रिक देवता रहेको बताइन्छ । गुह्येश्वरी मन्दिर परिसरमा वि.सं. १८६० मा धर्मशाला बनाइएको कुरो मन्दिर परिसरमा रहेको नरसिंह गुरुबको शिलालेखबाट प्रष्ट हुन्छ । तर मन्दिरमा चार ढोका राखेर हालको स्वरूपमा तयार पार्ने काम भने श्री ५ को निजी ढुकुटीको खर्चमा वि.सं.२०३३ मा गुठीसंस्थानले गरेको हो । जुन कुरा त्यहाँस्थित शिलालेखबाट थाहा हुन्छ । मन्दिरको भित्तामा विक्रम सम्वत् २०४४ मा जनसहभागितामा मार्वल राख्ने काम भएको थियो ।
नेपालका प्रथम प्रधानमन्त्री भीमसेन थापाको पालामा त्यहीँ गाउँका एकजना मुख्य व्यक्तिलाई पुरानो गुह्येश्वरी मन्दिरको नित्यपूजाको जिम्मा दिएर केही पारिश्रमिक समेत व्यवस्था गरिएको ल्हुतिमण्डल पुस्तकमा उल्लेख भएको पाइन्छ । तर त्यसले निरन्तरता पाउन सकेन । मन्दिरको नित्यपूजाका लागि पछि श्री ५ महेन्द्र सरकारमा बिन्ति चढाउने काम भएको थियो । गुह्येश्वरी मन्दिर परिसरमा पहिले गोसाइँकुण्ड, भैरवकुण्ड र सरस्वती कुण्ड गरी तीनवटा कुण्ड थिए । अतिक्रमणका कारण सरस्वती कुण्डको अस्तित्व नै लोप भएको छ भने भैरव कुण्डको केही अवशेष र अर्को गोसाईकण्डमा भने हालको पुरानो गुह्येश्वरी माध्यमिक विद्यालयको भवन बनिसकेको छ । प्रत्येक वर्ष बालाजु बाइसधारा पूर्णिमाको दिन पुरानो गुह्येश्वरीको विशेष पूजा र लौरी विनायक खटजात्रा हुने गर्दछ । वि.सं. २०५३ मा सूर्यप्रसाद श्रेष्ठको अध्यक्षतामा पुरानो गुह्येश्वरी सुधार समिति गठन भई पाटीपौवा, चौतारो पुनर्निर्माण गर्ने काम भएको हो । त्यसपछि समयसमयमा यहाँ निर्माणकार्य र मर्मतसम्भारका काम हुँदै आइरहेको छ । तारकेश्वर नगरपालिकाले बृहत् गुरुयोजना तयार पारी यसको संरक्षण, सम्बद्र्धन र पर्यटकीय विस्तारका लागि आवश्यक पहल गर्दै आएको छ ।

मनमैँजु

मनमैँजु  इन्द्रायणी
तारकेश्वर नगर पालिका वा नं. ९ मा मनमैँजु देवीको मन्दिर रहेको छ । पुरानो गुह्येश्वरी मन्दिरको पूर्वपट्टि गोंगवू गणेश नजिकै विष्णुमती नदी किनारामा मनोरथ तीर्थको समिपमा रहेकी मनमैजु देवीलाई आस्थाको रुपमा लिइन्छ ।मनमैँजु तथा गोंगवू क्षेत्र प्राचीन समयमा पूरै जब्गलले भरिएको थियो । परापूर्व कालमा एकदिन एउटा व्याधा शिकारीले मृगलाई मार्ने प्रयास गर्दा उक्त मृग भागेर मनोरथ तीर्थ पुगेछ र तत्कालै मृत्युवरण गर्न पुगेछ । मृगले मर्नुअगाडि मैले व्यर्थमा मृत्युवरण गर्नुप¥यो, अर्को जुनीमा मैले व्याधासँग बदला लिन पाउँ भनी याचना गरेछ । त्यसपछि अर्को जुनीमा मृग बाघ र व्याधाचाहिँ बँदेलको रुपमा जन्मन पुगेछन् । एकदिन अचानक ती दुबैको भेट त्यही मनोहर तीर्थमा भएछ । बदेँल र बाघको घमासान लडाइँ हुँदा दुबैले मृत्युवरण गरेछन् र स्वर्गमा पुगेछन् । यस घटनाबाट आश्चर्यचकित भएर राजा इन्द्रले ती दुबैलाई सोधेछन् । दुबैले मनोहर तीर्थको प्रतापका कारण यस्तो भएको बताएछन् । त्यसो भए म पनि मत्र्यमण्डलको त्यो मनोहर तीर्थ हेर्न जान्छु भनी इन्द्र मनोहर तीर्थ आएछन् ।
त्यहीबेला इन्द्रले तीर्थबाट स्नान गरी निस्किएकी मनमैँजु देवीलाई देखेछन् । त्यो देखेर इन्द्र पनि ती सुन्दरीप्रति लोभिएछन् । कुरुप भएर बिबाह हुन नसकेकी ती जितपुरकी मनमैँजु आठ दिदीबहिनी मध्येकी सबैभन्दा कुरुप थिइन् । इन्द्रले ती मनमैँजुसँग एकरात बिताएछन् ।
भोलिपल्ट इन्द्रले आफू पृथ्वीमा एउटा मानवकन्यासँग भुलेको थाहा पाए । स्वर्ग जानलाग्दा मनमैँजुले नजान बिन्ति गरिन् । म तिमीलाई यो जुनीमा इन्द्रपुरी लान सक्दिनँ तर अर्को जुनीमा भने तिमी मेरी इन्द्रायणी बन्नेछ्यौ’ भनी इन्द्र त्यहाँबाट इन्द्रपुरी प्रस्थान गरेछन् ।
त्यस्तै अर्को किम्वदन्तीअनुसार परापूर्व कालमा काठमाडौँ जितपुर गाउँकी मन नाम गरेकी कन्याले विष्णुमती र महादेवखोलाको दोभानमा बसी इन्द्रको तपस्या गरिछन् । तपस्याबाट इन्द्र प्रकट भएर कन्यालाई वर माग भनेछन् । कन्याले पनि इन्द्रलाई नै पतिका रुपमा पाउनुपर्ने वर मागिछन् । इन्द्रले ती कन्यासँग विवाह गरे तर कुरुप भएका कारण स्वर्ग लैजान मिल्दैन तिमी यहीँ बसी कुरुप मानिसलाई सुन्दर बनाउनु भन्ने वरदान दिई स्वर्गतिर लागेछन् । छालासम्बन्धी रोग भएकाहरुले यीनै देवीको पूजा अर्चना गर्दा रोग निको हुने जनविश्वास छ । त्यसैले मनमैँजुलाई सुन्दरताकी देवी पनि भनिन्छ ।
मनमैँजकु ोयहीआस्थारविश्वासकैकारणपत््रयेकवर्षल्हुितपुिन्हदेखिपाँचदिनसम्म रथयात्रा हन्ु छ । मनमैँजु देवीको पूजाअर्चना गर्न थपु ै्र भक्तजनहरु त्यहाँ उपस्थित हन्ु छन् । मन्दिर नजिकै महादेवको मन्दिर पनि छ । राजा गण्ु ाकामदेवको पालामा यस मन्दिरको स्थापना गरिएको इतिहासमा उल्लेख छ । यहाँ नेपाल सम्वत् १०३५ भन्दा परु ानो शिलापत्र भेटिएको छ भने राणा पध्र ानमन्त्री चन्दश्र मशेर र तत्कालीन राजा महेन्दल्र े यस मन्दिरको जीर्णोद्धार गरिएको देखिन्छ । पित्तलको छाना र आकर्षक मन्दिर रहेको यस मन्दिरमा रहेका टँडु ाल र तोरणमा यौनकलाका आकृति पनि देख्न सकिन्छ । मनमैँजलु ाईइन्दा्रयणीदेवीकारुपमापा्रयःसबैलेपूज्नेगर्दछन्।
नेपाल सम्वत् ७८६ मा प्रताप मल्लले यस मन्दिरको स्थापना गराएको देखिन्छ । सो कुरा मन्दिरको बाहिरी मूल ढोकाको उत्तरपट्टि पूर्व फर्काएर राखिएको शिलालेखमा उल्लेख छ । वि.सं. २०३१ सालमा सञ्चार मन्त्रालयबाट प्रकाशित मेचीदेखि महाकाली नामक पुस्तकको दोस्रो भागमा मनमैजु मन्दिरको स्थापना वि.सं. १७४८ मा भएको कुरा उल्लेख छ । मन्दिरमा भएको अर्काे शिलालेखमा राजा गिर्वाणयुद्ध वीरविक्रम शाहदेवले आफ्नी जेठी महारानीको नाममा यस मन्दिरको नित्य पूजालाई भनी वि.सं. १८५८ मा गुठी स्थापना गराएको पाइन्छ । वि.सं. २०१७ सालमा तत्कालीन राजा महेन्द्रबाट मन्दिरको जीर्णाेद्वारका लागि केही रकम उपलब्ध गराएको देखिन्छ ।
इतिहासअनुसार राजा गुणकामदेव मल्लले कान्तिपुर सहरको स्थापनासँगै मनमैँजु मन्दिर बनाएको र मनमैँजुदेवीको जात्रा पनि प्रत्येक वर्ष चैत्र पूर्णिमामा पाँचदिनसम्म चलाउने परम्पराको थालनी गरेको उल्लेख छ । पछि राजा गुणकामदेवले उक्त मन्दिरसम्म पुग्ने बाटो निर्माण गरी स्थानीय बासिन्दालाई जागृत गराई इन्द्रायणीको नित्य पूजाअर्चना सहित चारदिनसम्म जात्रा चलाएछन् त्यसपछि पाचौँ दिनमा इन्द्रायणी देवीको चिनो सहित हीरामोति जडित भोटो देखाउँदा गुणकामदेव र स्थानीयबासीको मनोकाब्क्षा पूरा भएछ । बडादसैँको नवरात्रीमा छैठौँ दिन मनोरथ तीर्थमा स्नान गरी मनमैँजुको पूजा अर्चना गर्ने चलन छ ।
बौद्ध वज्रयान परम्परानुसार यस तीर्थलाई महत्वपूर्ण तीर्थका रुपमा लिइने गरिन्छ । बौद्ध वज्रयान परम्पराका १२ तीर्थमध्ये यो पनि एक प्रमुख तीर्थ हो । मनमैँजुलाई अजिमा तथा इन्द्रायणीका रुपमा पुज्ने गरिन्छ । मनमैँजु मन्दिरमा बज्राचार्य पूजारी रहने चलन छ । मनमंैजुलाई मनसा पनि भनिन्छ । मनसा मनको इच्छा पूरा गर्ने देवी हुन् । शिवपुत्री मनसालाई नागमाता पनि भनिन्छ । महाभारत कालपछि मनसा नाम अपभ्रंश भएर मनमैंजु रहन गएको हो । मनसाको रुप अघोर भएका कारण बली दिने चलन चलेको पाइन्छ । नाग, स्कन्द, अग्नि, ब्रह्म, विष्णु तथा शिव पुराणमाहरुमा समेत मनसाको चर्चा पाइन्छ ।

पाँचमाने

पाँचमाने
काठमाडौँ उपत्यकाका प्रसिद्ध चार भञ्ज्याबहरु मध्ये साँगाभञ्ज्याब, बाडभञ्ज्याब, पाटीभञ्ज्याब जस्तै पाँचमाने भञ्ज्याब पनि एउटा महत्वपूर्ण ऐतिहासिक भञ्ज्याब हो । काठमाडौँको उत्तर/पश्चिममा तारकेश्वर नगरपालिका वडा नं.३ मा पाँचमाने भञ्ज्याब छ । जुन पञ्चबुद्धसँग सम्बन्धित स्थल हो । नेवारी संस्कृतिमा यसलाई न्यागमणिका रुपमा चिनिन्छ । पञ्चध्यानी बुद्धहरु बैरोचन, अक्षोम्य, रत्नसम्भव, अमिताभ र अमोघसिद्धिको स्मरणार्थ पाँचवण्ण्घटा स्तूप (माने) स्थापना भएको र पछि यिनै पाँचवटा स्तूपका कारण पाँचमाने नाम रहन गएको हो ।
त्यहाँ पाँचवटा माने रहेको कुरालाई तिब्बती लेखक सोन युनले नक्सामा नै देखाएका छन् । पाँचमाने बौद्ध धार्मिक स्थलको संरचना निर्माणका सन्दर्भमा बेल्जियमका लेखक ह्युवर्ट डिक्लियरले सन् १०४१ मा अतीश दीपब्करले विशाल पाँचमाने बौद्धस्थल निर्माण गराएको भनी उल्लेख गरेका छन् । पाँचमानेको प्रतीकात्मक चित्र काठमाडौँको थामवहिलम रहेको छ भने ह्युवर्टले उल्लेख गरेका छन् ।
विक्रम सम्वत् २०१७ सालपूर्व काठमाडौँ उपत्यकाबाट पश्चिमतिर आवतजावत गर्ने प्रमुख मार्गका रुपमा पाँचमानेको विशेष स्थान रहेको पाइन्छ । केहीवर्ष पहिले पाँचमानेमा मानाङ्क मुद्रा फेला परेको थियो । जसका कारण पाँचमानेको अस्तित्व लिच्छवि कालदेखि नै भएको र यो त्यतिबेलादेखि नै प्रमुख व्यापारिक केन्द्र भएको अनुमान गर्न सकिन्छ । भोट र तिब्बतसँग व्यापारको प्रमुख मार्ग पनि पाँचमाने नै रहेको पाइन्छ ।
न्यागमणिको जीर्णोद्धारका लागि विक्रम सम्वत् २०७१असोजमा विशेष पहल भएको देखिन्छ । जहाँ पाँचवटा नागले फणा फिँजाएर बुद्धलाई घेरेको ५०० किलो तौलको मूर्ति स्थापना गरिएको छ । न्यागमणिको जीर्णोद्धारका लागि ज्ञानमाला भजन खलले सम्पूर्ण जिम्मा लिएको हो । जीर्णोद्धार कार्यमा ६ सयभन्दा बढी आजीवन सदस्यहरुले सहयोग गरेको देखिन्छ । जीर्णोद्धार गरिएको न्यागमणिको उद्घाटन तत्कालीन श्रीलब्काका राजदूत डब्लु. एम. सेनविराथनाले विक्रम सम्वत् २०७१ साल असोज २५ गते शनिबार गरेका थिए ।

जितपुरफेदी
नुवाकोट जिल्लाको ओखरपौवासँग जोडिएको पाँचमानेको पूर्व र तारकेश्वर महादेवको दक्षिणपट्टि शिवपुरीको काखमा पर्ने पर्ने यो स्थल ऐतिहासिक दृष्टिकोणले महत्वपूर्ण मानिन्छ । कुनैबेला प्रमुख व्यापारिक मार्ग बनेको यस स्थलको आफ्नै ऐतिहासिक विरासत पनि छ । यो कलाकार महजोडीका म अर्थात् मदनकृष्ण श्रेष्ठको जन्मभूमि समेत हो । ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्व बोकेको न्यागमणी तलको फेदीमा रहेको चैत्यको निर्माण महामञ्जुश्रीले गरेको भन्ने किंवदन्ती पाइन्छ । उक्त प्राचीन चैत्यनजिकै शिलालेख र ढुब्गेधारा पनि रहेका छन् ।
नेपाली फौजले चिनियाँ फौजलाई काठमाडौँ उपत्यका पस्न नदिई चातुर्यतापूर्वक लडाइँ गरी जितेको ठाउँ (पुर) बाट नै यसको नाम रहन गएको हो । बालचन्द्र शर्माको नेपालको ऐतिहासिक रूपरेखा नामक पुस्तकमा उल्लेख भएअनुसार पृथ्वीनारायण शाहको पालामा नेपाल र भोटबीच भएको सन्धिलाई भोटले उल्लब्घन गरी नेपालतिर आक्रमण ग¥यो । त्यसको बदलामा नेपाली सेनाले भोट पुगी त्यहाँबाट सम्पत्ति लुटेर ल्याउनुका साथै केही भोटो पदाधिकारीलाई कैद समेत गराए । वि.सं. १८४८ (ई.सं. १७९२) मा भोटको रक्षा गर्न भनी हजारौँ चिनियाँ सेना भोट आए । उनीहरु बेत्रावती, खरानीटार, थानसिब, ककनी हुँदै पाँचमानेतिर बढे । नेपाली सेना पनि पाँचमाने वरपर तैनाथ थिए । जसको सब्ख्या दुई तीनसयभन्दा बढी थिएन । यसपछि काठमाडौँ उपत्यकाको संरक्षणार्थ सरकारी ढुकुटी, गरगहना, बहुमूल्य पदार्थहरु मकवानपुर पठाइयो । वि.सं. १८४८ (इ.सं. १७९२ सेप्टेम्बर १९) तारिखको रात चिनियाँ तथा भोटका सेना बिना अवरोध पाँचमाने आइपुगे । त्यतिबेला नेपाली सेनाले बडो चलाखीपूर्वक जङ्गलका बुट्टाहरुमा राँको बाली, तल मैदान फेदी वरपरका घरेलु जनावरका सिबमा समेत राँकाहरु बाली छोडियो । त्यसपछि चिनियाँ सेनाहरु आफू चारैतिरबाट घेरिएको महसूस गर्दै त्यहाँबाट उत्तर पश्चिम तिर नै फर्किए । नेपाली सिपाहीले उनीहरुलाई बेत्रावतीसम्म लखेटे । यसरी चिनियाँ सेनाको कब्जामा रहेको भू–भागमाथि विजय प्राप्त गरेको वा जितेको कारण यस ठाउँको नाम जितपुर रहन गएको हो र पहाडको फेदमा भएकोले यसलाई जितपुरफेदी भनिएको हो ।
त्यस्तै, तिनपिप्ले नजिकै एउटा बस्ती छ जसलाई कोट भनिन्छ । मल्लकालीन समयमा यहाँ कोत पूजा गर्ने गरिएकोले यस स्थलको नाम कोतबाट कोट रहन गएको भन्ने किम्वदन्ती समेत छ । नेपाल राज्यको एकीकरण पश्चात् सय वर्षपछि सम्म पनि यहाँ कोत रहेको थियो । कोत वरपर आवाद भएका गाउँबाट नै यस ठाउँकोे नाम कोतगाउँका रुपमा चिनिन थाल्यो । मल्लकालमा यहाँ कोत पूजा गरिन्थ्यो र कोत पूजा गरिने भएका कारण यस ठाउँको नाम कोतगाउँ हुँदै कोट रहन गएको हो ।

 

ऐतिहासिक मुडिखुगढी र भ्यूटावर

ऐतिहासिक मुडिखुगढी र भ्यूटावर

इतिहासमा उल्लेख भएअनुसार उपत्यकाका मल्लराजाहरुले गोर्खाली तथा बाह्य आक्रमणबाट उपत्यकालाई जोगाउन ठाउँठाउँमा गढी, कोट, किल्ला निर्माण गराएका थिए । यसैक्रममा निर्माण भएको एउटा गढी नै मुडिखुगढी हो ।
काठमाडौँबाट करिब सात किलोमिटर पश्चिममा पासाबल्हामु लोकमार्ग नजिक जोडिएको गोलढुब्गा र जितपुरफेदीको सिमानामा मुडिखुगढी अर्थात् गढीथुम्को छ । हाल तारकेश्वर नगरपालिकाको धरोहरको रुपमा रहेको भ्यूटावर यसै स्थानको प्रमुख ३ गढी मध्य १ गढी भएको स्थानमा निर्माण गरिएको यहाँको भग्नाबशेषहरुबाट समेत अंकलन गर्न सकिन्छ । यस गढीथुम्कोसँग नेपाल राज्य एकीकरणको एउटा महत्वपूर्ण गाथा जोडिएको पाइन्छ ।
तत्कालीन अवस्थामा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले नेपाल एकीकरणलाई सार्थक बनाउन कान्तिपुर राज्य वरपरका राज्यमाथि विजय प्राप्त गर्नु बढी आवश्यक थियो । त्यसैले पृथ्वीनारायण शाहको पहिलो लक्ष्य नै उपत्यका वरपरका स–साना राज्य कब्जा गर्नु थियो । पृथ्वीनारायणको विशाल नेपाल एकीकरणको अवस्था ज्यादै सक्रिय रहेको हुँदा गोर्खाली आक्रमणबाट काठमाडौँको उत्तरभेग पनि अछुतो रहन सकेन । यसै क्रममा मुड्खु, धर्मस्थली तथा बालाजु (ल्हुतिकोट) लाई पृथ्वीनारायण शाहले एकीकरणको क्रममा विजय प्राप्त गरेको तथ्य इतिहासमा पाइन्छ । इतिहासविद् बाबुराम आचार्यद्वारा लिखित् श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको सब्क्षिप्त जीवनी नामक कृतिमा ।।।काहुले भञ्ज्याङ्गबाट झरेपछि लिच्छविकालदेखि आवाद भएर रहेको बस्ती धर्मस्थ ली गाँउ थियो, त्यो दखल गर्न कठिन थिएन । त्यसका बगलमा पश्चिमपट्टि खँड्का क्षत्रीहरुको बस्ती भएको मुडिखु गाँउ थियो र त्यहाँका मुख्य भएर रहेका हरि खँड्कालाई आफ्ना पक्षमा मिलाउन श्री ५ पृथ्वीनारायण शाहले प्रयत्न गरे (जनवरी १७६५) । त्यो प्रयत्न विफल हँुदा अप्रिलका आरम्भमा श्रीकृष्ण पाठकका नेतृत्वमा गएको गोर्खाली सैनिक दलले मुडिखुठानामा आक्रमण ग¥यो । गोर्खालीद्वारा भएको यस आक्रमणलाई खँड् काहरुका नेतृत्वमा मुडिखुठानाको रक्षाका लागि रहेको सैनिक दलले खप्न सकेन र सजिलैसित पराजित भयो । खँड्काहरुका नेता हरि खँड्का र निजका छोरासमेत २०—२५ जनाले आत्म समर्पण गरे र यिनका साथ १६४ जना मुडिखुले पक्रिएर नुवाकोटमा लगी कैद गरिए ।’ त्यसपछि मुडिखुमाथि गोर्खालीहरुको आधिपत्य कायम भएको पाइन्छ । यस तथ्यले यहाँ गढी रहेको तथ्य सहजै प्रष्ट हुन आउँछ ।
प्रारम्भमा गढी थुम्कोमा ५ वटा थुम्का थिए भने हाल ३ वटा मात्र रहेका छन् । वि.सं. ०४४/४५ सालतिर गढीको पश्चिमपट्टिको भाग भत्केको बेला प्राचीन गोली भेट्टिएको थियो । अझै पनि यहाँ उत्खनन गर्दा महत्वपूर्ण प्रमाण फेला पर्न सक्ने छन् । ऐतिहासिक गढी थुम्कोको भ्यू–टावर नजिक वि.सं. २०७१ कार्तिकमा उत्तरपट्टिको समथर भागमा खन्दा जमिनमुनि पुरिएर रहेको अवस्थामा ढुब्गाको जग र प्राचीन तेली ईटा समेत फेला परेको थियो । मल्लकालीन र शाहवंशीय इतिहासको दस्तावेजलाई बोकेर बसेको मुड्खु र गढीथुम्कोको ऐतिहासिक महत्व रहेकोले नगरपालिकाले गुरुयोजना तयार पारी संरक्षण गर्न आवश्यक कार्य पनि सञ्चालन गरेको छ भने यस ठाउँमा निर्मित भ्यूटावरको संरक्षण र सम्वद्र्धन एवम् पर्यटन विस्तारमा नगरपालिकाले गुरुयोजना बनाई कार्य थालेको छ ।

लखपात अर्थात् डुक्रने पानी
।।।यो बालाजुको डुक्रने पानी डुक्रन्छ गोरुझैँ, मै पनि अब छहरा बनी पहरा फोरुँझैँ’ भन्ने राष्ट्रकवि माधवप्रसाद घिमिरेद्वारा लिखित् ।।।किन्नर किन्नरी’ कविता सब्ग्रहमा सब्ग्रहीत यी सुन्दर पब्क्तिले डुक्रने पानी भनेर बालाजुनेर गोलढुब् गाको डुक्रने पानीलाई नै बुझाउँछ । तारकेश्वर नगरपालिका वडा नं. ४ मा पर्ने डुक्रनेपानीमा कुनैबेला हुत्तिएर बेतोडले पानी बगेर आउने गर्दथ्यो । जहाँ चालीसको दशकसम्म पोखरी थियो । राष्ट्रकवि माधवप्रसाद घिमिरे, महाकवि लक्ष्मीप्रसाद देवकोटा, युगकवि सिद्धिचरण श्रेष्ठ लगायतका कवि स्रष्टाहरु यस रमणीय ठाउँका घुम्न आउने तथ्य उनीहरुका लेखहरुमा भेट्न सकिन्छ । साहित्यकार राजेश्वर देवकोटाले मिर्मिरे मासिक २०६० असार अब्कमा ।।।धर्मस्थलीबाट डुक्रने पानी पुगियो । खडेरी परेको बेला यहाँ बसाहा डुक्रिँदो रहेछ, त्यस्तै किम्वदन्तीको आधारमा त्यसको नाम डुक्रने पानी भएको अनुमान गर्न सकिन्छ’ भन्ने उल्लेख गरेका छन् ।
डुक्रने पानीको ऐतिहासिकताका सम्बन्धमा जनकलाल शर्माले “हाम्रो समाजः एक अध्ययन” पुस्तकमा उल्लेख गरेका छन् ।।।काठमाण्डूको प्रसिद्ध ठाउँ बालाजुको छेउमा डुक्रने पानी नामको एउटा ठाउँ छ । त्यहाँ वर्षा चाँडो नभए गर्ने कृत्य अर्कै प्रकारको देखिन्छ । हालमा पनि डुक्रने पानीमा एउटा ढुब्गाको आकृति बसाहा रहेको छ । सम्भवतः त्यो बसाहा पहिले त्यहाँको गौचरमा राखिएको हँुदो हो । काठमाण्डू उपत्यकाको गौचर भूमिमा बसाहा राख्ने प्रथा पहिले आम प्रचलनमा थियो । जनसब् ख्याको वृद्धिले गर्दा गौचर भूमि मासिँदै गएपछि प्राचीन समयमा राखिएका गौचर भूमिका प्रतीक बसाहा अस्तित्व विहीन भएका छन् । यस्तै लावारिस बसाहा डुक्रने पानीमा पनि छ । पहिले त्यो बसाहा गौचर भूमिको प्रतीक हुँदो हो तर आज त्यो बसाहा वर्षा गराउने एउटा साधन हुनपुगेको छ । वर्षा हुन विलम्व हुनासाथ त्यहाँका कृषकहरु मिलेर त्यस ढुब्गाका बसाहालाई नोलले खुब हिर्काउँछन् र लडाएर उत्तानो पार्दछन् । यसरी कुटेर उत्तानो पारेको त्यो बसाहा राती उठेर डुक्रिन्छ र पानी पर्छ’ भन्ने विश्वास किसानहरुले हाल पनि गर्दै आएका छन् । यसप्रकार बसाहा डुक्रँदा पानी पर्ने हुँदा त्यस ठाउँको नाउँ नै डुक्रनेपानी हुनगयो र आज पनि त्यही नाम कायम छ । तर डुक्रने पानी भन्दा भन्दै हाल दुगुर्ने पानी भन्न थालिएको छ ।
प्रारम्भमा यस पोखरीको छेउमा शिवलिब्ग र साँढे रहेकोले पोखरी पुरिँदै गएपछि पोखरीको पूर्वपट्टि रहेको महादेव खोलाको किनारामा पीपलको रुखमुनि ती मूर्तिलाई स्थापना गरिएको छ । वर्षामा नागार्जुन पहाडबाट आएको भेल बाढीका कारण यो दगुर्ने पानी पोखरी केहीवर्ष अगाडि पुरिएको थियो । केही वर्ष पहिले यस पोखरीमा पानीको मुहान भेटिन्छ कि भनेर पुरिएको पोखरीलाई खन्ने काम पनि नभएको होइन तर उत्खनन गर्दा पनि पानीको कुनै मुहान फेला परेन । त्यही पोखरी भएको ठाउँमा हाल फलामे तारबारले घेरिएको छ भने माथिल्लो भागमा तारकेश्वर नगरपालिका वडा नं ४ को वडा कार्यालय भवन निर्माण गरिएको छ । डुक्रने पानीलाई नेवारी भाषामा लखपात भनिन्छ । पानी दगुर्ने भएकोले नै नेवारीमा ।।।ल पा’ भनिएको र ।।।ल पा’ बाट नै लखपात नाम गएको जनश्रुति पाइन्छ ।

जयन्तीपुर अर्थात् फुटुङ

जयन्तीपुर अर्थात् फुटुङ
ऐतिहासिक प्राचीन बस्ती धर्मस्थली र टोखा नगरको बीचमा रहेको महत्वपूर्ण प्राचीन सुन्दर बस्ती हो फुटुङ । धर्मस्थली र फुटुङलाई महादेव खोलाले छुट्याएको छ । परापूर्व कालमा धर्मस्थलीमा पाहाँचह्रे जात्राको अघिल्लो दिन गाडिएको लिब्गो उखेलिएर पूर्वतिर उँड्दा झल्लर फुटुङमा खसेछ भने लिब्गो टोखामा अडिएछ । हराएको
ध्वजापताका र लिब् गोको पछिपछि आएका धर्मस्थलीबासीले ।।।फुट फुटभन्न थालेछन् र त्यही फुट फुटबाट नै कालान्तरमा फुटुङ नाम रहन गएको हो भनिन्छ । धर्मस्थली बासी लिब्गो खोज्न फुटुङ आइपुग्दा खसिरहेको झल्लर देखेर लान खोजे तर फुटुङबासीले आफ्नो ठाउँमा आएकोले त्यसलाई नफर्काउने भनी उनीहरुलाई दिएनन् र उनीहरु रित्तै फर्किए। सोही अनुसार हाल पनि
चैत्र मसान्तका दिनदेखि बैशाख ४ गतेसम्म फुटुङमा हुने जात्रामा उक्त झल्लरलाई फुटुङमा गाडिने लिब्गोमा झुण्डाएर राख्ने चलन छ ।
मल्लकालमा नेवाः राज्यलाई तिब्बत भोटमा गाभ्नका लागि तिब्बती भोटे सेनाहरु आई नेवाः राज्यमा आक्रमण गरेछन् । यस क्रममा नेवाः राज्यका सैनिक र भोटे सेनाहरुबीच युद्ध भएछ । नेवाः राज्यका सेनाहरुले वीरतापूर्वक लडी यसै स्थानमा पुग्दा सबै भोटे सेनाहरु समाप्त भएकोले नेवारहरु फुट फुट भनेर खुसी भएछन् । कालान्तरमा त्यही फुट भन्ने नेवारी शब्दबाट नै फुटुङ नाम रहन गएको हो भन्ने कथन पनि पाइन्छ । फुट भन्नाले नेवारी भाषामा सकिनुलाई बुझिन्छ । त्यस बेलादेखि लडाइँ सकिएको अर्थमा फुट भन्न थालियो र कालान्तरमा फुटबाट नै फुटुङ बन्न पुगेको हो भन्न जनश्रुति पाइन्छ ।
धनवज्र बज्राचार्यकोलिच्छविकालीन अभिलेखपुस्तकमा उल्लेख भएअनुुसार बालाज्यूबाट एक कोश जति उत्तरपट्टि फुटुङ गाउँ रहेको छ । यहाँ एउटा सनद शिलापत्र भारी बिसाउन अनुकूल हुने गरी पल्टाएर राखिएको छ । तापनि तल्लो भागमा ।।।धर्म गुरुभिभन्ने पद देखिन्छ । माथिल्लो भागमा पनि फाटफुट एक दुई अक्षर देखिन्छन् । यो अभिलेख अंशुवर्माको हो । अभिलेख अस्पष्ट भइसकेको छ तापनि यो लिच्वविकालीन प्राचीन बस्ती भएको प्रष्ट हुन्छ । जसलाई फुटग्राम भनेर पनि उल्लेख गरिएको पाइन्छ ।
त्यस्तै, राणा प्रधानमन्त्री भीमशमसेरले वि.सं. १९८८ मा अल्ले र बौँडेश्वरको स्वच्छ पानी दरबार पु¥याउन र दरबारको घोडालाई घाँस ओसार्न ऐतिहासिक मार्ग निर्माण गराएका थिए । त्यस ऐतिहासिक बाटोसँग जोडिएको फुटुङको आफ्नै धार्मिक, सांस्कृतिक, ऐतिहासिक महत्व रहेको छ । फुटुङमा महालक्ष्मी, इन्द्रायणी, गणेश, महादेव, महाकाली, महालक्ष्मी, सप्तऋषि आदिका मन्दिर र ससाना मूर्तिहरुका साथै ऐतिहासिक नाग पोखरी पनि रहेको छ ।
नारायणी जयन्तीदेवी शक्तिपीठको नामबाट फुटुङ चौरलाई जयन्तीपुर फुटुङ पनि भनिएको हो । पौराणिक कालमा सतीदेवीले आफ्नै बुबा दक्षप्रजापतिको यज्ञकुण्डमा हामफाली देहत्याग गरेपछि भावविह्वल महादेवले सतीदेवीको मृत शरीरलाई आफ्नो काँधमा बोकी यत्रतत्र हिँड्दा विभिन्न अब्गहरुको पतन हुने क्रममा जयन्तीपुरमा कलेजो पतन भएको र जयन्तीपुरपीठ जयन्तीपुरदेवी र कल्पेश्वर महादेवको उत्पत्ति भयो भन्ने कुरा स्वस्थानी व्रतकथामा उल्लेख भएको पाइन्छ ।
परापूर्वकालमा खुल्ला चौरमा विराजमान देवीलाई ढुब्गाको वरिपरि पर्खाल घेरेर राखिएको थियो । पछि पर्खाल जीर्ण अवस्थामा पुगेपछि २०४८ सालमा स्थानीय बासिन्दाहरुको पहलमा विभिन्न स्रोतबाट आर्थिक सब्कलन गरी व्यवस्थित रुपमा दुईतल्ले गजुर सहितको मन्दिर निमांण गरियो । साथै वरपर पर्खाल र ढोका बनाई मन्दिरलाई सुरक्षित गर्ने काम गरियो । यो मन्दिर प्यागोडा शैलीमा निर्माण गरिएको छ । मन्दिरको दुवै छाना पित्तलबाट बनेको छ । विक्रम सम्वत् २०५३ सालमा त्यहाँ भएको पुरानो भजनकीर्तन गर्ने पाटीलाई पनि जीर्णोद्धार गरी नयाँ पाटी र श्रीकृष्णको मूर्ति स्थापना गरिएको छ ।

लिच्छविकालीन नगरः धर्मस्थली
काठमाडाँै उत्तरपश्चिममा एउटा पा्र चीन लिच्छविकालीन नगर छ । जसलाई धर्मस्थली एवम् धमाथु नामले पनि चिनिन्छ । धर्मस्थली अर्थात् धर्म गर्नेहरुको स्थल भनेर सोझो अर्थमा अथ्र्याउँदा यहाँको सम्वत् ५१७को शिवदेव तथा अंशवु र्माको शिलालेखलाईसन्दर्भकोरुपमालिनपु र्नेदेखिन्छ।शिलालेखकाअनसु ार।।।धर्मस्थलीका बासिन्दाहरुलाई लेख्यदान र पञ्चपराध सम्बन्धी कामको अधिकार सम्ु पी गरि दिएको सनदपत्रबाट यस भेगका बासिन्दाहरुलाई अधिकार काननु व्यवस्था सम्बन्धी स्वायत्तता पद्र ान गरेको प्िर ष्टन्छ ।’ जसले धर्मस्थलीको पा्र चीनता र ऐतिहासिकतालाई पुि ष्ट गर्दछ । नेपाल पज्ञ्र ा प्िर तष्ठानद्वारा पक्र ाशित “लिच्छविकालीन नेपालको अभिलेख” भन्ने धनवज्र बजा्र चार्यको पस्ु तकमा धर्मस्थली नगरको लिच्छविकालीन अवस्था, स्वायत्त, राज्य सञ्चालनको तौरतरिकाको विवरण पस््र ततु छ । पस्ु तकमा उल्लेख भएअनसु ार काठमाडौँ उपत्यकाको उत्तरी भेगमा टोखाको हाराहारीमा धर्मस्थली भन्ने बस्ती छ । त्यहाँ बस्तीबाहिर उत्तरतिर सानो देवस्थल छ, त्यहाँ नै यो अभिलेख कँुि दएको शिलापत्र रहेको छ । अभिलेख कँुि दएको भाग पच्चीस अब्गलु लम्बा र एक्काइस अब्गलु चौडा छ । यसको शिरोभागको बीचमा चक्र र दर्इु तिर शब्ख अब् कित छन् । यहाँ सम्वत् ५१७ लेखिएको छ । उक्त पम्र ाणले यस स्थलको ऐतिहासिक महत्व रहेको देखिन्छ ।
वि.सं. २०१५ सालमा तत्कालीन राजा महेन्द्र पश्चिमाञ्चलको भ्रमणमा जाँदा यहीँबाट जितपुरफेदी हुँदै गएको कारणबाट यो स्थल चर्चित बनेको स्थानीय बताँउछन् । काठमाण्डौ त्रिशुली सडक मार्गको निर्माण नहुन्जेलसम्म यस धर्मस्थली बजारको चहलपहल एउटा महत्वपूर्ण व्यापारिक केन्द्र झैँ थियो ।
यहाँ महाँकाल, प्रिकुन(पिब्गला), चुनदेवी, कुमार, पहरा गणेश(जलविनायक), महादेव, बंगलामुखी, नारायणी, कृष्ण, भगवती, सरस्वती, आकाश भैरव, बुद्ध, विश्वकर्मा आदिका मठमन्दिर रहेका छन् । विभिन्न विशेषता झल्काउने धर्मस्थलीको चर्चा वा प्रसब्ग नेपाल भाषाका अनेकौँ साहित्यमा पनि पाइन्छ । धर्मस्थली वा धमाथु चैत्यलाई स्वयम्भू महाचैत्यकी आमा पनि भनिन्छ । नेपाल सम्वत्को नवौँ महिना गुँलापर्वको अन्तिम दिन विशेष पूजा र धमाथु चैत्य जात्रा प्रत्येक वर्ष विजयादशमीको कोजाग्रत पूर्णिमाका दिन हुने गर्दछ । स्वयम्भू महाचैत्यभन्दा पहिले नै धर्मस्थलीमा बुद्धचैत्य बनिसकेको हुँदा धमाथु चैत्यलाई स्वयम्भूकी आमा भनिएको हो । राजा नृपेन्द्र मल्लको राज्यकालमा ने.स. ७९८/८०० मा यहाँस्थित भगवान ख्योमा चैत्य निर्माण भएको हो । धर्मदेव राजाले विशाल फाँटबाट बग्ने रुद्रमती र शेषमती नदीको दोभानमा धर्मेश्वर महादेवको स्थापना गरेको र पछि उक्त महादेव मन्दिर धर्मस्थली बजारको बीचमा लगेर राखिएको हुनाले महादेवकै नामबाट यस स्थानको नाम धर्मस्थली भएको हुनसक्छ । धर्मराजले यस स्थलमा आई तपस्या गरेकोले पनि यस ठाँउको नाम धर्मस्थली रहन गएको भन्ने किम्वदन्ती छ । त्यस्तै, भारतका राजा अशोक बुद्ध धर्म दर्शनको सिलसिलामा यहाँ आएर धर्मस्थलीको स्तूप(ख्योमा) अगाडि पाली भाषामा धम्म धम्म शब्द थपी धर्मस्थली नाम दिएबाट धर्मस्थलीको नाम रहन गएको पाइन्छ । व्यापार तथा धार्मिक सिलसिलामा चीन तिब्बत यात्रा गर्ने यात्रुलाई यस स्थानमा बास दिने कार्यले गर्दा पनि यस ठाउँको नाम धर्मस्थली रहन गएको जनश्रुति भेटिन्छ ।
धर्मस्थलीलाई नेपाल तिब्बत भोटको व्यापारिक मार्गका रुपमा लिइन्छ । त्यस्तै, श्री ५ महाराजाधिराज प्रतापसिंह शाहको वि.सं. १८३२ साल माघ सुदी ५ रोज ५ को लालमोहरमा समेत धर्मस्थली नाम उल्लेख भएको छ । उपत्यका विजय प्राप्त गर्न पृथ्वीनारायण शाहले साथमा ल्याएका काठमाडौंकी कडेल्चोक भगवतीलाई वर्षको एकपटक माइती नुवाकोट लगिन्छ । आफ्नो माइत नुवाकोट जाने र फर्कने मार्गका रुपमा यो स्थान चर्चित छ । अहिले पनि उनको रथ हनुमानढोकाबाट त्रिशुली लैजाँदा एक दिन धर्मस्थलीमा बास बसाउने चलन छ । नेवारी समुदायको उत्कृष्ट तीर्थस्थल शिलूयात्रामा पनि यस स्थलको प्रसब्ग पाइन्छ । त्यसैले शिलूम्येमा छेना दना बना धमाथुली बास, धमाथुली दना वना न्यागमणी बास भनेर वर्णन भएबाट यो प्राचीन स्थल भएको प्रमाणित हुन्छ ।
धर्मस्थलीस्थित प्रिकुणको आफ्नै महत्व छ । सबैले प्रिकुन भने पनि शास्त्रीय मान्यतानुसार प्रिकुण भएको ठाउँमा पिब्गलाको मन्दिर हुन्छ । त्यहाँ नदी उत्तरवाहिनी साथै प्रिकुण पूर्वउत्तरबाट दक्षिणपश्चिममा फर्किएको हुनु पर्दछ । आत्मशान्ति, मनशान्ति तथा ध्येयशान्तिका लागि पिब्गलाको स्थानमा मृत्युपश्चात् दाहसंस्कार गर्ने गरिन्छ । त्यसैले प्रिकुणलाई ज्यादै महत्वपूर्ण मानिएको हो । प्रिकुण बाराहीनजिकै भूपालेश्वर महादेव मन्दिर पनि रहेको छ ।
धर्मस्थली महाँकाल मन्दिरको पूर्वतिर प्रिकुनको दक्षिणमा प्रसिद्ध जलविनायक (पहरा गणेश)को मन्दिर रहेको छ । धर्मस्थलीमा पाहाँचह्रेका बेला जलविनायकको जात्रा लाग्दछ । महादेव खोलाको केहीमाथि पहाडको छेउमा ठूलो ढुब्गाको आकारमा रहेको गणेशको स्वरुपलाई पहरा गणेशका रुपमा स्थानीयले पुज्ने गरेको पाइन्छ । गोलढुब्गाबाट एकदिन पार्वती यहाँस्थित झरनामा स्नान गर्न आइछिन् । पार्वती माता माटोले कपाल नुहाउँदा त्यो माटो भुईमा खसेर बालक रुप धारण ग¥यो । त्यो बालकलाई आफ्नो सन्तान सम्झेर गणेश नाम राखिदिइन् । आफू नुहाउँदा कोही पनि नआउन भनी पहरा दिन राखेका कारण उनै गणेशको नाम पहरा गणेश रहेको हो भन्ने जनश्रुति पाइन्छ ।

धर्मस्थली महांकाल

धर्मस्थली महांकाल

सांस्कृतिक विविधताले भरिएको लिच्छविकालीन नगर धर्मस्थलीमा रहेका महत्वपूर्ण मन्दिरमध्ये महाकाल मन्दिर पनि एक हो । प्राचीन धर्मस्थली नगरको पश्चिमपट्टि नदीको दायाँपट्टि अवस्थित महांकाल मन्दिरको राजा रत्न मल्लले नेपाल सम्वत् ६२९/३० तिर (वि.सं.१५६६) निर्माण गरेको देखिन्छ । उनले कुंकुं नाम गरेका भोटे देवानहरुको रखवारीका निमित्त तीनसय घरको सहर बसाएको पनि पाइन्छ । उनीद्वारा स्थापित यस सहरको मुख्य देवता ॐ श्री महाकाल हुन् । राजा रत्न मल्लले भैरवको मूर्तिलाई प्राण प्रतिष्ठान गरी यस डाँडाको टुप्पोमा स्थापना गरेको कुरा देवमाला वंशावलीमा पनि उल्लेख छ । धर्मस्थलीका जनताको रक्षार्थ महांकाल भैरवको स्थापना भएकोले त्यसको महत्व प्रगाढ बनाउन भँगेरी राजा तथा गंगामहारानीले महाकाल भैरवको रथयात्रा परम्पराको थालनी गरेको पनि देखिन्छ ।

नेवारी संस्कृतिअनुसार प्राचीन परम्परायुक्त धर्मस्थली देश बसाउँदा देशको चारैतिर स्थापित अष्टमातृका पीठमध्ये महांकाल पनि एउटा विकसित धार्मिक स्थल हो । यो धर्मस्थली मूलबजारबाट दक्षिण दिशामा रहेको छ । महाकाल मन्दिरको निर्माण नेपाल सम्वत् ६५९ मा राजा प्रताप मल्लले गराएका थिए । जुन मन्दिर पैगोडा शैलीमा निर्माण भएको छ । मन्दिर परिसरमा गणेश, सूर्य, नारायण, कुमार, राधाकृष्ण, बूढानीलकण्ठ, सरस्वती, शिवलिङ्ग आदि ससाना मूर्तिहरु पनि रहेका छन् । महाँकाल शिवजीको विकराल रुप हो भने महांकाली दुर्गाको भयब्कर रुप हो । यस ठाउँलाई महाकाल वा महांकाली माई मन्दिर पनि भन्ने गरिन्छ । यस ठाउँमा रहेका महांकालको बारेमा थुप्रै ग्रन्थमा चर्चा भएको पाइन्छ । त्यसो त जहाँ महांकाल हुन्छन् त्यहाँ महांकाली हुन्छिन् । त्यस्तै, त्यहाँ नाग (शेषमती) र गणेश पनि हुन्छन् । त्यसैले यहाँ पुष्प गणेश पनि छन् । पुष्प गणेशलाई हाल पुसल गणेश भनिन्छ । पुष्प गणेश भएकै कारण यस ठाउँको नाम कालान्तरमा पुसल रहन गएको हो । जसको प्रमाण नेपाल एकीकरण अभियानमा पृथ्वीनारायण शाहलाई पुष्प विनायक गणेश मन्दिर धरमथली गाउँ निवासी कृष्ण भट्टले सहयोग गरेको हुनाले भट्टहरुलाई पृथ्वीनारायण शाहले यस धर्मस्थलीको जग्गा कुश विर्ता दिएको इस्तिहारबाट प्रष्ट हुन्छ । धर्मस्थली पुसलमा रहेको बस्नेतहरुको शिवालय धारावन क्षेत्रको पनि आफ्नै महत्व र विशेषता रहेको पाइन्छ । करिब ३ रोपनी क्षेत्रमा फैलिएको धारावन रणमर्दन बस्नेतले स्थापना गरेका हुन् । जहाँ शिवालय, कृष्ण र हनुमानका मन्दिर रहेका छन् । त्यस्तै, पुसलमा नारायण मन्दिर रहेको छ । जहाँ विभिन्न अवसरमा पूजाआजा गरिन्छ । यस भेगका महिलाहरु सुत्केरी हुन नसकेमा वा व्यथा कम होस् भने नारायणको मन्दिरमा तेल चढाउने परम्परा चलिआएको छ ।

तासी छ्योलिब गुम्बा
तारकेश्वर नगरपालिका वडा नं. १ को चुनीसाब्लामा शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको काखमा एउटा प्राचीन र महत्वपूर्ण गुम्बा रहेको छ जसलाई तासी छ्योलिब गुम्बा भनिन्छ । प्राकृतिक सुन्दरताले भरिएको यो गुम्बा रहेको ठाउँ कुञ्चिप्वाकल प्रारम्भमा नेवारहरुको ज्यादै प्राचीन बस्ती हो । नेवारी भाषामा प्वाकःको अर्थ प्वाकल वा ओखल हुन्छ । त्यसैले कुनाको घरमा रहेको प्वाकल वा ओखलको नामबाट नै यस ठाउँको नाम कुञ्चिप्वाकल रहेको हो । नेवारीको कुँछेप्वाकः नै कालान्तरमा
कुञ्चेप्वाकल भएको हुन सक्दछ । कुञ्चिप्वाकल समुद्री सतहबाट करिब १५५० मिटर उचाइमा रहेको छ। यहाँबाट काठमाडौँ उपत्यकाको मनोरम दृश्य देख्न सकिन्छ । मल्लकालीन नेवार बस्तीका रुपमा यस ठाउँलाई लिन सकिएता पनि अहिले यहाँ प्रायः तामाब बस्ती रहेको पाइन्छ । घरवरपर लुब्दर टाँगिएका देखिन्छन् । यहाँ अहिले पनि नेवारी समुदायका थोरै मानिसको बसोबास भेटिन्छ । उनीहरु आफूलाई शिलाकार बताउँछन् । यहाँका नेवारहरु कुनै प्रकोप वा महामारीका कारण वा कुनै अन्य कारणले अन्यत्र बसाइँ सराइँ गर्न पुगेका हुन् भन्ने भनाइ स्थानीयको रहेको छ । विक्रम सम्वत् २०७२ को विनासकारी भूकम्पले यहाँका प्राचीन घरहरुमात्र भत्काएन । यहाँको प्राचीन गुम्बा तासी छ्योलिब गुम्बा पनि भत्कायो । उक्त ऐतिहासिक गुम्बा रहेको सो ठाउँमा त्यसको भग्नावशेष सहजै देख्न सकिन्छ । आयातकार अवस्थामा रहेको उक्त चैत्य त्यतिबेलाका नेवार हरुले नै निर्माण गराएका हुन् । जसलाई कुञ्चिप्वाकलका नेवारहरुको चिनोका रुपमा लिन सकिन्छ ।
यहाँको चैत्य बौद्धनाथको जस्तो लाग्दछ । जहाँ बौद्ध धर्मअनुसार पूजापाठ गर्ने गरिन्छ । त्यस्तै, चैत्यको वरपर विभिन्न देवीदेवताका मूर्तिहरु पनि रहेका छन् । चैत्यको सबैभन्दा तल्लोभागमा नेवारी लिपिमा लेखिएको शिलालेख पनि रहेको छ । यस गुम्बामा तिब्बती राजा ठिसोब देचेनका सन्तान पुजारी रहेका छन् । शिवपुरी नागार्जुन निकुञ्जको नजिकै रहेको आकर्षक महत्वपूर्ण यो गुम्बालाई महत्वपूर्ण पर्यटकीय स्थलका रुपमा लिन सकिन्छ । यसको संरक्षण, सम्बद्र्धन र प्रचारप्रसारका लागि नगरपालिकाले आवश्यक योजना तर्जुमा गरेको छ ।

साङ्ला नारायणस्तम्भ

तारकेश्वर नगरपालिका वडा नं १ मा रहेको साङ्ला ऐतिहासिक महत्वको स्थान हो । यहाँ साङ्ला भीमसेन, तलेजु, चुनदेवी, नारायण स्तम्भ, तुलजा क्वाथ लगायतका कैयन् महत्वपूर्ण सम्पदाहरु रहेका छन् । साङ्ला केशावती नदीको तिरमा रहेको छ । बौद्ध धर्म मतानुसार केशावती नदीमा तपस्वीको केश बगेको थियो र जसमा नामबाट नै नदीको नाम केशावती रहेको हो । कुनैबेला यही नदीको तिरैतिरबाट लामा लामा रौँ भएका घोडाहरु आवतजावत गर्दथे । ती घोडाहरु छाप भन्ने ठाउँमा ल्याएर राखिन्थे । छाप भन्ने ठाउँमा घोडाहरु ल्याएर राख्ने ठाउँलाई नेवारीमा सलः क्वाठ भनिन्थ्यो। यही सलः क्वाठ शब्द अपभ्रंश हुँदै त्यस ठाउँको नाम सलक्वा, सल्का हुँदै साङ्ला भएको पनि हुन सक्छ। यो खोलाको पानी ज्यादै सब् लो भएका कारण यस ठाउँलाई साब् ला भनिएको हुन सक्दछ । केशावती नदी संलखुसी र साब्ले खोलाको छाप भन्ने ठाउँमा मिल्दछ । जसलाई सलः क्वाठ भनिन्छ ।

यही सलः क्वाठको उत्तर पश्चिम डाँडामा साङ्ला भन्ने बस्ती रहेको छ । यसै बस्तीको बिचमा तुलजा भवानीको तुलजा क्वाठ रहेको छ । राजा त्रिभुवनले विक्रम सम्वत् २००८ साल बैशाख शुक्ल परेवाका दिन स्तम्भ खडा गरेको कुरा यहाँस्थित नारायणको स्तम्भबाट सो कुरा बुभm्न सकिन्छ । जहाँ घोडेजात्रामा लिब्गो गाड्ने चलन पनि छ । यहाँ लिब्गो गाडेपछि घोडेजात्राको पन्ध्रदिनपछि जात्रा मनाउने गरिन्छ । साङ्लाको आफ्नै धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्व भएको कारण यसलाई विविधताको नगरी भनिन्छ ।

बृहत् शान्तिधाम

बृहत् शान्तिधाम
तारकेश्वर नगरपालिका वडा नं २ काभ्रेस्थलीको उच्च भागमा निर्माण भएको यस स्थानबाट उपत्यकाको मनोरम दृश्यावलोकन गर्न सकिन्छ । काभ्रेस्थलीमा नवनिर्माण भएको बृहत् शान्तिधामलाई महत्वपूर्ण धार्मिक तथा पर्यटकीय सम्पदाका रुपमा पनि लिन सकिन्छ । यस धामको उद्घाटन २०७५ वैशाख ६ गते महामहिम राष्ट्रपति विद्यादेवी भण्डारीबाट भएको थियो ।
२०६८ सालमा स्थापना भएको बृहत् शान्तिधाम नेपालसंस्थाको परिकल्पना अनसु ार नेपालमा पनि चारधाम छ भनेर धार्मिक विश्वास र आस्था अभिवृद्धि गर्नका लागि यसको स्थापना गरिएको हो । विष्ण–ु बूढानीलकण्ठबाट चण्डेश्वरी साब्ला हँदु ै यस मन्दिरसम्म पदयात्रा गरेर पत््र येक वर्ष अक्षय तृतीयाका दिन यसको वार्षिकोत्सव भव्यरुपमा मनाइन्छ । धार्मिक पर्यटनका लागि यो क्षेत्र ज्यादै महत्वपूर्ण स्थलका रुपमा लोकपिय्र हँदु ै गएको छ । यस तीर्थले धार्मिक पर्यटनको व्यापक सम्भावना भएको नगरका रुपमा पनि तारकेश्वर नगरपालिकालाई स्थापित गरेको छ । यस नगरका थपु ै्र महत्वपूर्ण सम्पदामध्येको यो सम्पदा हालै निर्मित सबैभन्दा ठूलो सम्पदा हो ।

डिन्चेन साम्तेन छोइलिब गुम्बा
तारकेश्वर नगरपालिका वडा नं ५ गोलढुब्गा घट्टेपाखामाथि एउटा आकर्षक गुम्बा रहेको छ । जसलाई डिन्चेन साम्तेन छोइलिब गुम्बा भनिन्छ । यो महायान बौद्धमार्गीहरुको प्रमुख तीर्थस्थलका रुपमा लोकप्रिय छ । पासाब ल्हामु मार्गको तल नागार्जुन पहाडको काखमा रहेको यो गुम्बामा बौद्धमार्गीहरु विभिन्न समयमा पूजाअर्चना प्रार्थना गर्न आउँछन्। नागार्जुन पर्वतको काखमा रहेको यो गुम्बा शान्ति गुफाभन्दा अलिकमाथि रहेको छ । यस गुम्बामा प्रायः वैशाख पूर्णिमामा विशेष पूजापाठ हुने गर्दछ । जेठ महिनामा करुणामय लोकेश्वरको व्रतका दिन पनि यहाँ पूजापाठ गर्न थुप्रै भक्तजन आउने गर्दछन् । ग्याल्बो ल्होसार र गुरु पदमसम्भवको जन्मदिन श्रावण दशमीका दिन पनि यहाँ पूजापाठ गर्न थुप्रै भक्तजनहरु आउने गरेको पाइन्छ । मनोरम स्वच्छ सुन्दर वातावरणमा रहेको यस गुम्बाको निर्माण विक्रम सम्वत् २०६० सालमा भएको हो । जहाँ थुप्रै बौद्धभिक्षुलाई शिक्षा दिने पनि गरिन्छ । यस गुम्बामा बौद्ध धर्मावलम्बीबाहेक हिन्दूहरु पनि बैशाख पूर्णिमामा बुद्धको प्रार्थना र दर्शन गर्न आउँछन् ।

सिद्धेश्वर महादेव
तारकेश्वर नगरपालिका ३ मा सिद्धेश्वर महादेव मन्दिर महादेव खोलाको वायाँ किनारामा ठूलाठूला ढुब्गाको बीचमा रहेको छ । मन्दिर संरक्षणका लागि पाटी बनाउने क्रममा मन्दिरको प्राब्गणमा ईंटाको गारो भेट्टिएको थियो । उक्त शिवलिंग लिच्छविकालीन मानिन्छ भने मन्दिर १९९७ सालमा निर्माण भएको पाइन्छ । ११७ से मी लम्बाइ र ८७ से मी चौडाइ भएको जलहरीमा अष्टपत्र कुँदिएको छ । शिवलिंगमा पनि प्राचीन मूर्तिमा लगाइने लेप नै लगाइएको छ । जसका कारण उक्त शिवलिब्ग १३०० देखि १९०० वर्ष पुरानो भएको अनुमान गर्न सकिन्छ ।
सिद्धेश्वर महादेव मन्दिर निर्माण समितिको पहलमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको संस्कृति महाशाखाबाट बजेट विनियोजित भई आर्थिक वर्ष २०५८/०५९ मा परुातत्व विभागलाई निर्माणको जिम्मा सुिम्पएको देखिन्छ। मन्दिर निर्माणका क्रममा
त्यतिबेला दक्षिण पश्चिममा परु ानो जगको ईटामा २१ वटा लिच्छविकालीन मदु ा्र फेला परेका थिए। यस भेगमा पा्र प्त शिवलिब् गमध्येको यो सबैभन्दा परु ानो र पम्र ाणित रहेको देखिन्छ । परु ातत्व विभागले समेत मान्यता दिएर निर्माण गरिएको यस मन्दिरलाई महत्वपूर्ण सम्पदाको रुपमा लिन सकिन्छ ।

भुवनेश्वरी मन्दिर

भुवनेश्वरी मन्दिर
तारकेश्वर नगरपालिका वडा नं.३ ऐतिहासिक पाँचमाने भञ्ज्याबको पुछारमा तिनपिप्लेको उत्तर सिरान तथा राजपुर डाँडामा भुवनेश्वरी मन्दिर रहेको छ । प्रारम्भमा यहाँ कुनै राजाको दरबार रहेको स्थानीयको भनाइ पाइन्छ । जब कि यहाँ केही वर्षअगाडि प्राचीन ईंटा पनि फेला परेको थियो । किराँत कालमा यो राजपुर दुर्ग रहेको अनुमान गर्न सकिन्छ । प्राकृतिक दृष्टिले मात्र नभएर पर्यावरणीय तथा पर्यटकीय दृष्टिले समेत ज्यादै लोकप्रिय रहेको छ । भुवनेश्वरी मन्दिरलाई आधुनिक महत्वपूर्ण शक्तिपीठका रुपमा लिन सकिन्छ ।
यो मन्दिर ज्यादै आकर्षक शिखर शैलीमा निर्माण भएको छ । २७ वटा स-साना गजुर र बिचमा मुख्य गजुरले सजिएको माता भुवनेश्वरीको मन्दिरलाई आस्थाको प्रमुख धरोहरका रुपमा लिइन्छ । जहाँ टाढा टाढाबाट थुप्रै भक्तजन आउने गर्दछन् । आकर्षक शिखर शैलीम निर्माण भएको यस मन्दिर नेपाली वास्तुकलाको एउटा अनुपम नमुना नै हो । यस मन्दिरले तारकेश्वर नगरको पर्यटन विस्तारमा पनि थप टेवा पु¥याएको पाइन्छ 

देवस्थली मन्दिर

देवस्थली मन्दिर
तारकेश्वर नगरपालिका वडा नं २ मा अवस्थित देवस्थली मन्दिर यस भेगकै महत्वपूर्ण ऐतिहासिक मन्दिर हो । भेडीगोठ गाउँको उत्तरमा थली परेको स्थानमा देवीहरुमध्येकी कान्छी इन्द्रायणी देवी देवस्थली (देउथली) माईको मन्दिर छ । थली परेको जमिनमा रहेको देवीको मन्दिर हुनाले देवस्थली (देव+थली) अर्थात् देउथलीमाईको नामले इन्द्रायणी देवीलाई चिनिन्छ । प्राचीन कालमा देउथलीमाई मन्दिर परिसर वा चौरमा चण्डेश्वरी, मनकामना, गोरखकालीसहित सातैवटा इन्द्रायणी देवीहरु सभा बस्ने भएकाले नै यस ठाउँको नाम देवस्थली रहन गएको हो भन्ने जनश्रुति छ ।
देवस्थली मन्दिर क्षेत्र करिव ३० रोपनी क्षत्रे फलमाफैिलएर रहेको छ । मन्दिर परिसरमा स्थानीय नेवार समदु ायकाकलु दवे ता लगायत विभिन्न देवीदेवताका मन्दिरहरु समेत
रहेका छन् ।
यस क्षेत्रलाई हिजोआज भेडीगोठ भनेर पनि चिनिन्छ । ७०/७५ वर्ष अघिसम्म तिब्बतबाट दशैँको लागि ल्याइने भेडाच्याब्ग्राहरु २/३ दिनसम्म यसै स्थानमा गोठमा राख्ने चलन थियो । यसरी हरेक वर्ष व्यापारीहरुले यहाँका फराकिला चौरमा भेडागोठ राख्ने गरेकाले यस ठाउँलाई भेडीगोठ गाउँ भनिएको हो भन्ने स्थानीय जेष्ठ नागरिकको भनाइ छ ।