संस्कृति

धर्मस्थली पाहाँचहे्र जात्रा

धर्मस्थली पाहाँचहे्र जात्रा

जात्राको नगरी धर्मस्थलीमा चैत्र महिनामा पाहाँचह्रे जात्रा विशेष धुमधामले मनाइन्छ । यो जात्रा यहाँको ज्यादै प्रसिद्ध जात्रा हो । जुन जात्रा काठमाडौँ उपत्यकामा मनाइने प्रचलित जात्रामध्येको पनि एक हो । यो जात्रा पाँचदिनसम्म आफन्तसँग जमघट गरेर विशेष धुमधामसँग मनाइन्छ ।

घोडेजात्राको पाँच दिनअगाडि नै देवताका मूर्ति र खटलाई सरसफाई गरेर रबरोगन गरिन्छ । त्यसपछि साँझमा बाजा बजाइन्छ । यसले जात्राको शुभारम्भ भएको जनाउँछ । जात्रा नजिक आएको सब्केतका रुपमा साँझपख जहिले पनि बाजा बजाउने चलन छ । घोडेजात्राको अघिल्लो दिन चतुर्थीका दिन विभिन्न देवीदेवताका खटलाई मध्यरातमा बाजागाजाका साथ आठ जानाले बोकेर आआफ्ना खलामा राख्ने गरिन्छ । महाँकाल माइ, पिरकुन माइ, माथिल्लो गणेश, जरकू गणेश, पहरा गणेश, पुष्पगणेश, नारायणको नित्य पूजा गरिन्छ । त्यसपछि प्रसाद र भोज खाने र खुवाउने चलन छ ।

भोलिपल्ट अर्थात् जात्राको दोस्रो दिन बिहान सबै शक्तिपीठ वा मन्दिरहरुमा स्थानीय र बाहिरका मानिसहरु पूजाअर्चना र दर्शन गर्न आउँछन् । यो क्रम दिनभरि नै चलिरहन्छ ।

कोहीकोही बली चढाएर पूजा गर्छन् । रात परेपछि स्थानीय खेलाचौरमा स्थानीय द्वारे वा थकाली आएर बस्ने चलन छ । द्वारेको आदेशबेगर खलामा अघिल्लो दिन लगेको देवता उठाएर ल्याउन नहुने परम्परा छ । त्यसका लागि स्थानीय कपाली परिवार र खड्गी समाजका मानिसहरुले स्थानीय व्यक्तिहरुका साथै बाजागाजाका साथ द्वारे बसिरहेको ठाउँमा आई द्वारेलाई पूजा गर्छन् । माला लगाई बाजागाजासहित नगर घुमाएर द्वारेको घर पुगेपछिमात्र उनको आदेशअनुसार प्रत्येक देवताका गुठीयारहरु बाजागाजासहित देवताको खट बोक्ने मानिसहरु लिएर शक्तिपीठमा पुग्छन् । मध्यरातमा नै देवताका मूर्तिलाई खटमा राखी बोकेर गाउ,ँ टोल परिक्रमा गराई मध्यरातमा स्थानीय द्वारेकै घरअगाडि महाँकाल, पिरकुन (प्रिकेण) र गणेशको रथ बिसाएपछि दोस्रो दिनको जात्रा समाप्त हुन्छ । त्यस्तै अन्य खटहरु जरब्कू गणेश जरब्कूमा नै, पहरा गणेश पारी गाउँमा र पुष्प गणेश र नारायणको रथ पुसलमा राखिन्छ ।

पाहाँचह्रेको तेस्रो दिन बिहानदेखि स्थानीय द्वारेको घरअगाडि राखिएको खटमा पूजा गरिन्छ । ती खटहरु दिउँसो उठाइन्छ । त्यसपछि क्रमशः घरटोलमा लगि पूजा बली ग्रहण गराइन्छ । दिउँसो स्थानीय लाछी बजारको बीच नासल देवताको अगाडि तीनवटै रथलाई बिसाइन्छ । त्यहाँ जरब्कू गणेश र पहरा गणेश पनि साँझपख ल्याइन्छ र सिन्दूरजात्रा धूमधामसँग हुन्छ । सिन्दूरजात्रामा द्वारे परिवारले सरकारी पूजा गर्ने चलन छ । पहिला त गुठी संस्थानमार्फत् सरकारी पूजासहित तीनवटा थुम्वा बली दिने चलन थियो तर हिजोआज एउटामात्र थुम्वा बली दिने चलन छ ।

जात्राको चौथो दिनमा खटलाई यथास्थानमा नै राखी पूजाआजा गरिन्छ । बिहान र साँझ सिन्दूर जात्रा हुन्छ । यो दिन आराम गरिन्छ । जसलाई नेवारीमा सुलंः भनिन्छ । यसदिन बेलुकापख नाचगान रमाइलो गरिन्छ ।

पाहाँचह्रे जात्राको अन्तिम दिन जात्रा हेर्नका लागि उपत्यकाका विभिन्न ठाउँबाट मानिसहरु यहाँ आउँछन् । आफन्त इष्टमित्र साथी सबै नातेदारहरु बिहानैदेखि जात्रा हेर्न जम्मा हुन्छन् । यसदिन बिहानको खाना पाहुनाहरुलाई खुवाई आफूहरुले खाईसकेपछि नायः खि बाजा बजाएर गाउँ परिक्रमा गर्छन् । यसरी बजाइएको बाजाले अब देवता उठाउने बेला भो सबै आउनुहोला भन्ने सब्केत गर्दछ । बिहान बाह्रबजेभित्र तीनैवटा रथ सिन्दूर जात्राका साथ उठाइ नगर परिक्रमा गराएर धर्मस्थली मूल बजारलाछीमा परम्परागतरुपमा खट जुधाउने वा भेट गराउने जात्रा सुरु हुन्छ । यतिन्जेलसम्म जरब्कू गणेश र पारीगाउँको पहरा गणेशको खट पनि जात्रामा सामेल हुन आइसकेको हुन्छ । विशेषतः यो जात्रामा महाकाली माइलाई अन्य देवताहरुको खटले बाटो छेक्ने परम्परा छ । लाछी बजारको उत्तरतिरको प्रवेशद्वार ध्वाक्सीमा अन्य चारवटा खटले महाकाली देवीलाई पालैपालो छेक्छन् । बेलाबेलामा महाकाली देवी कहिले गगन टोल कहिले कोटः फलटोलमा लुकेर अन्य देवताको खटलाई झुक्याएर जान खोजेको दृश्य जात्रामा देख्न सकिन्छ । बाजागाजाको तालमा एउटा खट आठजनाले बोकेर निकैबेर हिँडेको देखिन्छ । धेरैसमयपछि आपसमा सल्लाह गरी मध्याह्नपछि अन्य देवताको खटहरुले महाकाली माईलाई बाटो छोडी दिन्छन् । त्यसपछि महाकाली माईको खटलाई नगरका गन्यमान्य व्यक्तिहरुले लिपपोत गरेर राखेको ठाउँमा लगेर विश्राम गराइन्छ । त्यसपछि गणेश र प्रिकुन पनि विश्राम गर्न सोही स्थानमा पुग्छन् र खट त्यही बिसाइन्छ । बाजा बजाउनेहरु, खट बोक्नेहरु खाजा खान आआफ् ना घरघरमा जान्छन् । जरबकू गणेश जरब्कू र पहरा गणेश पनि पारी गाउँतिर नै लगिन्छ ।

अपराह्न खाजा खाइसकेपछि धर्मस्थली बजारमा जात्रा हेर्ने मानिसको भीड बढ्न थाल्छन् । देवता अनुसारका गुठीयार बाजा बनाउने खट बोक्नेहरु खट भएको ठाउँमा जम्मा हुन्छन् । तीनैवटा खट उठाएर पुनः गाउँ परिक्रमा गराइन्छ । त्यतिञ्जेलमा पहरा गणेश र जरब्कू गणेशको खट पनि लाछी बजारमा आइसकेको हुन्छ । प्रत्येक खटलाई यतिखेर गुठीयारहरुले चमर पब्खाले हम्किँदै झल्लरी छाता ओढाएर बाजागाजा नाचगान सहित लस्करै खटहरु राखेर गाउँ परिक्रमा गराउने गरिन्छ । परिक्रमा सकिएपछि महाँकाली माईलाई पुरानो भजनघर, हाथुद्यो फल्चापाटी, लाछी गणेशको बीचमा चमरपब्खाले हम्काउँदै झल्लरी छाता ओढाएर राखिन्छ । क्रमशः लामबद्ध भई ध्वाकसी टोलबाट धर्मस्थली गणेश, जरब्कू गणेश, पहरा गणेश, पिरकुनले महाकाली माइलाई तीनपटक घुमेर ढोगभेट गरेपछि एक वर्षको लागि बिदाबारी भई गुठीघरमा खट भित्र्याउने गरिन्छ ।

त्यसपछि महाकाली माईसग बिदाबारी भएर आइसकेपछि पिरकुन खट गुठीघरमा लगिन्छ । यसरी लाछी बजारदेखि गुठीयार, बाजाबजाउने, खट बोक्ने र देउतालाई पु¥याउन जानेले शिरमा टोपी र पाउमा जुत्ता लगाउँदैनन् । यसबेला नायःसि अर्थात् लाशलाई मसानघाटमा लैजाँदा बजाइने बाजा बजाइन्छ । जुन एक वर्षसम्म बिछोडिनु परेको कारण दुःख व्यक्त गरेको हो भन्ने जनश्रुति पाइन्छ । गुठीयारहरुले देवताका मूर्तिलाई एक वर्षका लागि गुठीघरमा राख्छन् । खटचाहिँ प्रत्येक गुठीयारको घरबाहिर चारदिनसम्म राख्ने चलन छ । यसरी ऐतिहासिक, साँस्कृतिक नगरी धर्मस्थलीमा पाहाँचह्रे जात्रा समाप्त हुन्छ ।

कतिपुन्हीः जात्रा

कतिपुन्हीः धर्मस्थलीमा मनाइने अर्को प्रमुख जात्रा हो। जुनजात्रा विजयादशमीको कोजाग्रत पूर्णिमाको दिन धूमधामसँग मनाइन्छ । जुन जात्रा अम्बेजात्राका रुपमा पनि लोकप्रिय छ ।

दशैँलगतै जात्राभन्दा अगाडि नै चैत्यको सरसफाइ रबरोगन स्थानीय गुठीयारबाट हुन्छ। भगवान बुद्धको मूर्तिलाई सिगाँरेर खटमा राखिन्छ। ध्वजापताकाहरु टाँगेर खट सिँगारिन्छ । सोही दिन राती बाजागाज सहित नगर परिक्रमा गराउँदै मध्यरातमा खटलाई खेलाचौरमा ल्याइन्छ । चैत्यको परिक्रमा गराएर बुद्ध चैत्यको पूर्वतर्फको मूर्तिमा नै टाँसेर राखिन्छ । गुठीयार र श्रद्धालु भक्तजनहरु बाजागाजाका साथ चैत्य वरपर चौरमा रातभर जाग्राम बस्छन् । भोलिपल्ट कोजाग्रत पूर्णिमाका दिन बिहानदेखि बुद्धको पूजाअर्चना हुन्छ ।

वरपरका टोल र नगरबाट पनि भक्तजनहरु यहाँ पूजाआजा गर्न आउँछन् । दिउँसोको साइतमा गुठीयारहरुले विशेष पूजाआजा गर्छन् ।

यस दिन लाग्ने जात्रा हेर्न काठमाडौँ उपत्यकाका विभिन्न ठाउँबाट मानिसहरु आउँछन् । जात्रा सुरु गर्न आएका पाहुना, स्थानीय महिलाहरु सकेसम्म एउटै पोशाकमा हातमा सुकुन्दा, कुचो, फूल लिएर बत्ती देखाउँदै बुद्धको खटको दायाँ र बायाँ लामबद्ध हुन्छन् । बाजागाजाका साथ कोजाग्रत पूर्णिमाको मध्यरातमा खटलाई चैत्यबाट उठाएर गाउँका बासिन्दाहरुको घरघरमा पूजाका लागि लगिन्छ । बिहानीपख नगर परिक्रमा सकिएपछि गुठीयारको देवता राख्ने घरअगाडि खट बिसाइन्छ । एक वर्षका लागि पुनः बुद्धको मूर्तिलाई भित्र्याइन्छ । स्थानीय परम्परा अनुसार खटलाई चाहिँ चारदिनसम्म सोही घरअगाडि नै राखिन्छ । यसलाई स्थानीयहरु सि घः पुन्ही पनि भन्दछन् ।

खेलाचौरबाट कोजाग्रत पूर्णिमाको मध्यरातमा बाजागाजा नाचगानसहित खट उठाएर बिस्तारै नगर परिक्रमा गराउने मूलजात्रा साह्रै रमाइलो हुन्छ । सो जात्रा हेर्न छिमेकी नगरबाट पाहुनाहरु समेत आएका हुन्छन् । विक्रम सम्वत् २०४२/०४३ सालपछि उक्त जात्रामा कपडा (वासाःलानाः) ओछ्याएर खटलाई हिँडाउने चलन पनि चलाएको पाइन्छ ।

न्याँकन्डोल महाँकाल भैरव जात्राः

साबिक गोलढुंगा गाविस हालको तारकेश्वर नगरपालिका वडा नं ५ न्याँकन्डोलमा घोडेजात्रा वा पाहाँचह्र्रेको बेलामा महाँकाल भैरवको भव्य खटजात्रा हुने गर्दछ । यो जात्रा सुरु हुनु केही दिनपूर्व देवताघरमा देउगुठीको बैठक बस्छ । यस दिन जात्रा सम्बन्धी नियम वा कार्यक्रम पारित गरिन्छ । यसैगरी जात्रा सुरु हुनु अघिल्लो दिन खट र देवीदेवताको सरसफाइ गरिन्छ । खटलाई विभिन्न ध्वजापताकाले सिगारिन्छ ।

त्यसैदिन दउे ताघरबाटदवे ताका मूर्तिलाई नाय वा मुख्यव्यक्तिले ढकीमा राखेर पूजाआजा गरेपछिमात्रमहाँकाल भैरवी मन्दिरमा बाजागाजासहित लगेर राखिन्छ । त्यसपछि पूजा गरिन्छ । त्यसैबेला त्यहाँ खट पनि लगिन्छ । त्यसपछिसबैगाउलँ के ो उपस्थितिमा भोज खाइन्छ। महाँकाल भैरवी मन्दिरमा राखेर पूजा गरेका देवीदेवतालाई बाजागाजासहित पूजाआजा गरी खटमा राखिन्छ । सोही रात गाउँको डबलीमा ल्याइन्छ र खटलाई बिसाइन्छ ।

दोस्रो दिन गाउँका माथिल्लो भेगका सदस्यहरुको घरमा मूलजात्राका लागि रथ लगिन्छ । पूजाआजासहित गच्छेअनुसारको भोग चढाइन्छ । त्यसपछि खटलाई पुनः डबलीमा लगिन्छ । तेस्रो दिन डबलीमा बिसाएर राखिएको खटलाई बिहान गाउँ र अन्य श्रद्धालु भक्तजनले पूजा गर्छन् । यस अवसरमा भैरवीको भजन (दापा) गाइन्छ । भजन गाउँदा गाउँदै स्थानीय प्रत्येक घरबाट धान, चामल, भेटी, फलफूल (किपू) खटअगाडि राखिन्छ । यसपछि सिन्दूरयात्रा गरिन्छ । जसलाई मन्दिर व्यवस्थापन समितिले जिम्मा लिन्छ । यसदिन परम्परागत नेवारी भोज पनि खाइन्छ । यस रातभर जाग्राम बसेर दीपसमेत बाल्ने चलन छ ।

जात्राको अन्तिम दिन बिहानै देवीदेवताको पूजाआजा भव्यरुपमा हुन्छ । तल्लो टोलका प्रत्येक घरबाट पूजा गरिन्छ । सोही दिन खटलाई गोलढुब्गा छबेली हुँदै गणेशस्थान सम्म पु¥याइन्छ । यसबेला गोलढुब्गा गणेशस्थानका स्थानीय बासिन्दाले खट बोक्छन् र बाजागाजाको समूहलाई समेबजी दिएर स्वागत गर्छन् ।

त्यसपछि पुनः पूजा गर्न बाँकी रहेका घरघरमा खट विश्राम गर्दै पूजाका लागि लगिन्छ । त्यसपछि खटलाई पुनः गाउँमा ल्याइन्छ । खट बोेकेर केही समय नाचगान रमाइलो गरिन्छ ।

खटलाई पालैपालो निश्चित सदस्यको घरमा भित्र्याइन्छ । त्यो देवीदेवता, बाजागाजा, खट सम्पूर्ण जिम्मा सदस्यहरुको हुन्छ । त्यसको भोलिपल्ट परम्परागत नेवारी भोज खुवाइन्छ र न्याँकनडोलको पाहाँचह्रे जात्रा सकिन्छ ।

छवेली महाँकाल भैरवी जात्राः

तारकेश्वर नगरपालिका वडा नं ५ गोलढुंगा छबेलीमा बालाजु बाइसधारा पूर्णिमाको अघिल्लो दिन खटजात्रा हुने गर्दछ । पूर्णिमाको अघिल्लो दिन महाँकाल माईको खट र देवीको मूर्तिलाई सफा गरिन्छ । यो खटजात्रा चार दिन विशेष धूमधामसँग मनाइन्छ । गोलढुंगा महाँकाल माइलाई न्याँकन्डोल महाँकाल भैरवीकी बहिनीका रुपमा लिइन्छ ।

गुठियारहरुले पूर्णिमाको भोलिपल्ट खटलाई देवताघरबाट महाँकाल देवीको मूर्तिलाई टोलमा रहेको महाँकाल मन्दिरमा लैजान्छन् । मूर्तिलाई मन्दिरमा राखेर विधिवत्रुपमा पूजाअर्चना गरिन्छ । राती नाचगान, रमाइलो गर्दै भोजभत्तेर पनि गरिन्छ ।

जात्राको दोस्रो दिन देवीको मूर्तिलाई खटमा राखिन्छ । यसपछि भव्यरुपमा सिन्दूर यात्रा गरिन्छ । त्यसपछि क्रमिकरुपमा खटयात्रा टोलटोलमा पुग्दछ । गोलढुंगाको गाम्चा पुगेको खटलाई गणेशस्थान, देवीस्थान, महाँकालस्थान हुँदै देवताघरमा ल्याएर बिसाइन्छ । चोकचोकमा बिसाइएको खटलाई घरघरबाट आएर पूजा पनि गर्दछन् । कोहीकोहीले कुखुरा, बोकाको बली पनि दिन्छन् तर बली नचढाउनेले नरिवल चढाएर पूजा गर्दछन् । यस रात खट डबलीमा राखिन्छ । त्यसपछि नाचगान गरी रमाइलो गरिन्छ । जसमा युवाहरुको उत्साहजनक सहभागिता देख्न सकिन्छ ।

जात्राको तेस्रो दिन बिहानै खटमा रहेका महाँकाल देवीको गुठियारहरुद्वारा पूजा गरिन्छ । घरघरबाट ल्याइएको पूवासहित पूजा गर्छन् । दिउँसो खट सफा गरेर बेलुकीपख गुठीयारले पुनः पूजा गर्छन् । त्यसपछि नाचगान र रमाइलो गरिन्छ ।

जात्राको चौथो दिन बिहानै गुठीयारहरुले भोज खान्छन् । डबलीबाट खटलाई गोलढुंगा गणेशथान लगिन्छ । त्यसपछि पुनः त्यसलाई फर्काएर डबलीअगाडिको घरमा नै बिसाइन्छ । त्यसपछि खटलाई सातधार हुँदै तीनधारातिर लगिन्छ । तीनधारामा पूजाका लागि केहीबेर रोकिएको खट पूजा गरिसकेपछि न्याँकन्डोलतिर बढ्छ । उक्त खट न्याँकन्डोलमा रहेको महाँकाल भैरवीको मन्दिरमा पु¥याइन्छ र तीनपटक परिक्रमा गराएर पुनः गोलढुंगा गणेशस्थानमा लगिन्छ । त्यसपछि उक्त खट देवताघर अगाडि लगेर राखिन्छ । यस अवसरमा विशेष नाचगान रमाइलो पनि गरिन्छ भने रातको दुई बजेतिर महाँकाल माईलाई देवता घरमा भित्र्याइन्छ । यसरी चारदिनसम्म चल्ने गोलढुंगा छबेलीको महाँकाल माईको खटजात्रा समाप्त हुन्छ ।

लौरी विनायक जात्राः

तारकेश्वर नगरपालिका वडा नं ४ फूलबारी पुरानो गुह्येश्वरी मन्दिर वरपरका नेवार समुदायले लौरी विनायक जात्रा बालाजु बाइसधारा पूर्णिमाको अघिल्लो दिनदेखि मनाउँन थाल्छन् । पूर्णिमाको अघिल्लो दिन खट निकालेर सफा गरिन्छ र रबरोगन गरी झल्लरले सजाइन्छ । देवताघरमा भएका लौरी विनायक गणेशको विधिवत्रुपमा गुठीयार, समिति सदस्यबाट विधिवते रुपमा तीन चरणको पूजा गरिन्छ ।

खासगरी यो जात्रा बालाजू पूर्णिमाको दिनबाट सुरु हुन्छ । यस दिन बिहानै लौरी विनायक गणेश मन्दिरभित्र भगवान गणेशलाई स्थापना गरेर पूजा गरिन्छ । यसदिन सबैले नाचगान रमाइलो गर्छन् ।

पूर्णिमाको भोलिपल्टको जात्रालाई भने मूलजात्रा भनिन्छ । यसदिन भगवानलाई बोकाको बली दिएर उक्त बोकाको आन्द्राको माला लगाइन्छ । गणेशको मूर्तिलाई खटमा राखिन्छ र पूजा गरेपछि खटलाई तीनपटक पुरानो गुह्येश्वरी मन्दिर परिक्रमा गराउने चलन छ । त्यसपछि खटयात्रा निश्चित ठाउँमा पु¥याइन्छ । गुह्येश्वरी चोकमा खटलाई राखेर मुख्य पूजा गरिन्छ । यस अवसरमा हाँसको बली समेत दिइन्छ । यस अवसरमा गरिने सिन्दूरजात्रा भव्य र आकर्षक हुन्छ । त्यसपछि एउटा सानो साँचोले खटलाई तानिन्छ । त्यसपछि खटलाई दौडाएर गुह्येश्वरी मन्दिर दर्शनका लागि मूलढोकातिर लगिन्छ ।

सबैभन्दा पहिले खट टोलका थकालीका घरमा पु¥याइन्छ । त्यहाँ विधिवत्रुपमा धूप, अक्षता फलफूल अन्डा सगुन समेत चढाएर पूजा गरिन्छ भने बली दिनेले बलीसमेत चढाउँछन् । त्यसपछि भाकल पूजा लिनका लागि भाकल गर्नेका घरघरमा खट पु¥याइन्छ । त्यसपछि सरकारी पूजाका लागि रथलाई बालाजु बाइसधारामा लगिन्छ । बाइसधारामाथिको शितलामाई मन्दिरअगाडि एकपटक खट घुमाइन्छ । केही वर्षअगाडि देखि खटलाई बालाजु टौडोलसम्म पु¥याइने गरिएको छ । उक्त खट पुनः पुरानो गुह्येश्वरी मन्दिर परिसरमा पहिलेकै ठाउँमा ल्याइन्छ । यतिबेला नाचगान र रमाइलो गर्ने क्रमभने यथावत नै चलिरहन्छ ।

जात्राको तेस्रो दिन सबैले आराम गर्दछन् । जसको घरमा खट बिसाइएको हुँदैन त्यस घरका मानिस भगवानको पूजा गर्न आउँदछन् । यसैदिन रातभरि जाग्राम बस्ने,पूजा गर्ने र दीप बाल्ने पनि गरिन्छ । खासगरी भाकल गर्नेले रातभरि दीप बाल्ने चलन पनि छ । यसरी तीनवर्ष बत्ती बालेपछि अन्तिम वर्ष बली दिने चलन छ । यसपछि भोज खाएर नाचगान गर्दै रमाइलो गरिन्छ ।

खटयात्राको चौथो दिन चोकमा भएको खटलाई उठाउन, पूजा गर्न, मूलजात्रामा खट बिसाएका घरबाहेकका मानिसको घरमा पु¥याइन्छ । बाइसधाराअगाडिको श्वेतविनायक गणेशको खट पुरानो गुह्येश्वरी आइपुगेपछि लोलबको जितगुरु गणेश र वज्रयोगिनीको खट पनि त्यहाँ ल्याइन्छ । लौरी विनायक, श्वेतविनायक, जितगुरु र वज्रयोगिनीको रथलाई क्रमशः मिलाएर राखिन्छ । ती खटको त्यहाँ सामूहिक पूजा गरिन्छ । त्यसपछि उक्त खटहरुलाई पुरानो गुह्येश्वरी पु¥याइन्छ । त्यहाँ सगुन चढाएर पूजा गरिन्छ । उक्त खटहरु डुक्रर्ने पानी लखपात पोखरीमाथि चौरमा पुगेपछि केहीबेर त्यँहा पूजाआजाका लागि राखिन्छ ।

त्यसपछि खटहरु बाइसधारा पु¥याइन्छ र शितलामाईको मन्दिरअगाडि चौरमा घुमाइन्छ । जहाँ शितलामाई भजन खलले उक्त खटमा पूजा गर्ने चलन छ । पूजा गरी नाचगान सकेपछि समेबजी खाइन्छ । त्यसपछि ती खटहरु बाइपास फर्कन्छन् । जहाँ जितगुरु, वज्रयोगिनी श्वेतविनायकले लौरी विनायक गणेशलाई तीनपटक परिक्रमा गर्छन् र केहीबेर त्यहाँ जात्रा देखाउँछन् । उक्त खटहरु तरुण स्कूल हुँदै नेपालटार शेषमतीसम्म आइपुग्छन् । त्यहाँबाट सबै खट आआफ्ना क्षेत्रमा फर्कन्छन् । शेषमती नेपालटार हुँदै श्वेतविनायकको खट बालाजु बाइसधारातिर फर्कन्छ । शेषमती दगुर्नेपानी हुँदै पुरानो गुह्येश्वरीतिर लौरी विनायक गणेशको खट फर्कन्छ । त्यसैगरी जीतगुरु र वज्रयोगिनीको रथ शेषमती गणेशथान हुँदै लोलाब फर्कन्छ । त्यसरी फर्केको लौरी विनायकको खटलाई गुह्येश्वरी मन्दिर परिक्रमा गराएर मूलचोकमा राखिन्छ । नाचगान रमाइलो गरिन्छ र त्यसैदिन मध्यरातमा विधिवत्रुपमा देवतालाई पूजाआजा गरिन्छ र देवतालाई देवताघर वा द्यःछेँमा राखिन्छ ।

लोलाब जात्रा

तारकेश्वर नगरपालिका वडा नं ४ लोलाबमा बालाजु बाइसधारा मेलाको अघिल्लो दिनबाट लोलाबमा बज्रयोगिनी र जितगुरु गणेशको भव्य खट जात्रा हुने गर्दछ । अघिल्लो दिन खटलाई सफा गरेर रबरोगन गरिन्छ । बालाजु बाइसधारा पूर्णिमाको दिन देवघरबाट बज्रयोगिनी र जितगुरु गणेशको र्मूिर्तलाई खटमा राखिन्छ र बाजागाजासहित खटलाई सम्बन्धित शक्तिपीठ वा मन्दिरमा लगेर राखिन्छ । त्यसदिन गुठियारहरुले विधिवत्रुपमा पूजाअर्चाना गर्छन् । बेलुका खटलाई गाउँको बीचमा लगेर राखिन्छ । त्यस अवसरमा बाजागाजा, नाचगानसहित रमाइलो गरिन्छ । त्यसपछि टोलमा रहेको भीमसेनको मन्दिरअगाडि खट राखिन्छ । त्यहाँ खटमा राखिएका भगवानको पूजा गरिन्छ । पूजा गर्दा कुखुरा, अण्डा नरिवल पनि चढाइन्छ । पूजाआजा सकिएपछि गुुठियारहरु जम्मा भएर पूजा र भोजका लागि आवश्यक रकम संकलन गरिन्छ ।

दोस्रो दिन बिहान खटमा रहेका भगवानलाई विधिवत्रुपमा पूजा गरेपछि टोलटोलमा पूजा थाप्नका लागि खटलाई घरघरमा लगिन्छ । यस अवसरमा विभिन्न बाजागाजा सहित नाचगान पनि गरिन्छ र साँझतिर खटलाई भीमसेन थानअगाडि ल्याएर राखिन्छ । बेलुका भोज खाएर नाचगान गरेर रमाइलो गरिन्छ ।

तेस्रो दिन खटमा राखिएका भगवानको खास पूजा गरेपछि बेलुका भोज खाइन्छ । यस दिन विश्राम गर्ने चलन छ ।

जात्राको चौथो दिनलाई विशेष महत्वको दिनका रुपमा लिइन्छ । यस दिन बालाजु बाइसधारामा अवस्थित श्वेतविनायकको खट लोलाबमा रहेका बज्रयोगिनी र जितगुरु गणेशलाई जात्रामा समावेश हुन निमन्त्रणा गर्न आउने चलन छ । बिहान विधिवत्रुपमा पूजा गरेपछि बाजागाजासहित बालाजु श्वेतविनायक र शितलामाईसँग भेट गराउन लगिन्छ । त्यसैबेला गोलढुब्गा फूलबारीबाट लौरीविनायकको खट पनि त्यहाँ पुगेको हुन्छ । त्यहाँ एकापसमा ती खटहरुको भेट हुन्छ । जुन एकदम महत्वपूर्ण मानिन्छ । यस भेटलाई भगवानहरुको एकापसको हार्दिक मिलनका रुपमा लिइन्छ । अनि ती सबै खटहरु बालाजु बाइपासतिर हुँदै अगाडि बढ्छन् । लौरीविनायक, जितगुरु र बज्रयोगिनीको रथ नेपालटारतिर बढ्छन् । शेषमती पुलबाट लौरीविनायकको खट लखपात हुँदै डुक्रने पानी पुरानो गुह्येश्वरीतिर बढ्छ भने जितगुरु र बज्रयोगिनीको रथचाहिँ सानोपुल हुँदै गणेशथानको उकालोबाट लोलाब गाउँतिर बढ्छ । मध्यरातमा बज्रयोगिनी र जितगुरु गणेशको रथलाई पुनः भेट गराइन्छ । यस अवसरमा नाचगान बाजागाजासहित रमाइलो गरिन्छ र इष्टमित्र, नातागोता, पाहुनापासालाई भोज पनि खुवाइन्छ । मध्यरातमा रथलाई देवताघरमा भित्र्याइन्छ । यसरी लोलाबको बज्रयोगिनी र जितगुरु गणेशको खटयात्रा विधिबत रुपमा १ वर्षको लागि समाप्त हुन्छ ।

 

मनमैँजु जात्रा

मनमैँजु जात्रा

प्रत्येक वर्ष चैत्र शुक्ल चतुर्दशीका दिनदेखि पाँच दिनसम्म मनमैँजुको विशेष पूजा सहित जात्रा हुने गर्दछ । रथमा मनमैँजुको मूर्ति राखिन्छ र त्यसपछि रथ वरिपरि उभिएर धामीहरु काँप्ने गर्दछन् ।

जात्राको अवसरमा चैत्र शुक्ल एकादशिका दिन सर्वप्रथम यस देवीका गुठीयार हरुले ठमेलका प्रधान र गुर्जुलाई निमन्त्रणा गर्ने चलन छ । बिहानैदेखि अजिमा मन्दिरको सरसफाइ गरिन्छ । यस अवसरमा मन्दिर परिसरमा लिब्गोको विधिवत् रुपमा पूजा गर्ने र ठड्याउने चलन छ । लिब्गो ठड्याएपछि नै मनमैँजुको जात्राको सुरुवात भएको मानिन्छ । यसैदिन बेलुका द्यछेँमा रहेका देवीदेवतालाई सफा गरी तान्त्रिक रुपमा पूजा गरी खटमा राखेर अजिमा मन्दिरसम्म बाजागाजासहित लगिन्छ । सेतो वस्त्र र आभूषण लगाएका हातमा सुकुन्दा बालेका गणेशले जात्राको नेतृत्व गरेका हुन्छन् । त्यस्तै पहेँलो वस्त्रमा आभूषणले सजिएका हातमा पात्र लिएका अजिमा धामी गणेशपछाडि रहेका हुन्छन् । यसैगरी कालो वस्त्रमा भैरव, रातो वस्त्रमा कुमारी र हरियो वस्त्रमा मनमैँजु रहेका हुन्छन् । त्यसपछि गणेश धामी र अजिमा धामीका दायाँवायाँ हाकुपटासी लगाएका नारीवर्गले सुकुन्दामा दीप प्रज्ज्वलित गर्ने गर्दछन् । यसपछि विभिन्न देवीदेवताका मूर्तिलाई खटमा राखेर खटयात्रा थालिन्छ । स्थानीय गुठीयार तथा भक्तजनहरु किस्तीमा अबीर लिएर खटको अघिपछि सिन्दुर जात्रा गर्दछन् । खटमा राखिएका मूर्तिलाई अजिमा मन्दिरमा पु¥याएपछि ठमेल भगवान वहालका प्रधानहरुबाट गुर्जुमार्फत् विविधवत्रुपमा पूजा गरिन्छ । यसरात गुर्जुबाट तान्त्रिक विधिपूर्वक होम, गोप्यपूजा र थुम्बाको बलि दिएर पूजाअर्चना गरिन्छ । रातको १२ बजेतिर मुख्य पूजा चाकिला गरिन्छ । त्यसपछि रातभर दीप जलाउने र भजन गर्ने चलन पनि छ ।

जात्राको भोलिपल्ट भने स्थानीय गुठियारहरु मन्दिरमा पूजा गर्न आउँछन् । यस दिन पञ्चकन्यालाई थकाली बनाई बेलविवाह र व्रतबन्ध नगरेका बालबालिकालाई मरःजा खुवाउने गरिन्छ । साथै भजन गाउने गरिन्छ । यस दिन बालाजु बाइसधारामा मेला पनि लाग्ने गर्दछ ।

ज ा त्र ा क ा े त े स ा ्र े िद न न ै म न म ै ँ ज ु ज ा त्र ा क ा े म ख्ु य िद न ह ा े । िब ह ा न ै म िन् द र ब ा ट िव िभ न् न देवीदेवताका प्िर तमाको पूजाआजा गरी झिकेर खटमा राखिन्छ र बाजागाजासहित टोलमा घमु ाइन्छ । यस समय सबैले आआफ्नो घर अगाडि खट आएपछि देवताको पूजागर्ने चलन छ । खट उठाएपछि मन्दिरमा नपगु ी बिसाउने गरिँदैन । यस दिन मनमैँजबु ासीले जात्रामा निमन्त्रणा गरेका आफ्ना इष्टमित्रलाई भोज खवु ाउने चलन छ । चोथो दिन खटलाई विश्राम गराएर राख्ने गरिन्छ । दिनभरि नै भजन गाउने गरिन्छ । यस दिन विश्राम गर्ने भएका कारण थकाइ मार्ने दिन वा नेवारीमा सलु भनिन्छ ।

जात्राको अन्तिम दिन खटलाई टोलको बीचमा रहेको गणेशथानसम्म यात्रा गराइन्छ । यस समयमा सिन्दुर जात्रा गरिन्छ । देवताघरमा लगेर खटलाई राखिन्छ । गणेश,अजिमा र अन्य देवीदेवताको विधिपूर्वक तान्त्रिक पूजा गरिन्छ र देवता घरमा भित्र्याइन्छ । त्यसपछि गुठियार, गुर्जु र धामीसहित मन्दिरबााट विधिपूर्वक देवीको मूर्तिहरु फिर्ता गर्ने पूजा गरिन्छ । त्यसपछि जात्रा सुरुहुनुपूर्व गाडिएको लिब्गो विधिपूर्वक ढाल्ने चलन छ । त्यसको भोलिपल्ट देवताका मूर्तिहरुलाई स्नान गराई विधिपूर्वक पूजा गरेर सम्बन्धित स्थानमा राखिन्छ । यसदिन साँझ देवघरभित्र मनमैँजुको भोटो देखाउने गरिन्छ । ठमेलका प्रधान र गुर्जुलाई गुठियार हरुले सम्मानपूर्वक विदा गरेपछि मनमैँजुको जात्रा समाप्त हुन्छ ।

जात्राको अवधिमा मनमैँजुका स्थानीय बासिन्दाले अनुसरण गर्नुपर्ने केही प्राचीन मूल्यमान्यताहरु रहेका छन् । जात्राको अवसरमा घर छोड्न नहुने, सुँगुर पाल्न नहुने, लुगाधुन नपाइने, वैवाहिक कार्यक्रम गर्न नपाइने, मान्छे मरेको बेला बजाइने बाजा बजाउन नपाउने, गुर्जु तथा गुठियारले जात्राअवधिमा भात खान नहुने, लाभाबाहेक अरु चिज हाँडीमा भुट्न नहुनेजस्ता प्राचीन मूल्यमान्यतालाई यहाँका स्थानीय गुठियारहरुले अनुसरण गर्ने गरिएको पाइन्छ ।

देवस्थली जात्रा

तारकेश्वर नगरपालिका २ नं. वडामा देवस्थली मन्दिरमा वैशाख पूर्णिमामा जात्रा लाग्ने गर्दछ । यो यहाँको ज्यादै पुरानो जात्रा हो । तीनदिनसम्म चल्ने यो जात्रामा देवस्थलीमाईलाई खटमा राखेर घरघर डुलाउने समेत गरिन्छ । जात्राको समयमा काठमाडौँ ठमेल भगवान वहालका धामी यहाँ आएर तीनदिनसम्म विशेष विधिले पूजा गर्ने परम्परा ऐतिहासिक कालदेखि नै चलिआएको पाइन्छ । काभ्रेस्थली, जितपुर, धर्मस्थली, मनमैँजु, टोखा, फुटुब लगायतका क्षेत्रबाट श्रद्धालु भक्तजनहरु दर्शनका लागि उक्त जात्रा हेर्न आउने गर्दछन् ।

जात्राको तीनदिन यहाँका स्थानीय जनताहरुमा बिस्कुन सुकाउन नहुने, खेतबारीमा खनजोत नगर्ने, हलो जोत्न नहुने र ढिकी जाँतो चलाउन नहुँने लगायतका प्राचीन मूल्यमान्यता रहेका छन् । देवस्थली मन्दिरमा दशैँको नवरात्रिमा विशेष पूजाआजा गरिन्छ । यतिखेर स्थानीय मात्र नभएर छिमकी गाउँहरुबाट समेत भक्तजनहरु पूजाका लागि आउने गर्दछन् । यहाँ गोकर्णे औँसीदेखि जमरे औँसी (घटस्थापना) सम्म बिहान बाँसुरी बाजासहित नेवार समुदायबाट नियमित पूजा गरिन्छ ।

बैशाख पूर्णिमाको अघिल्लो दिनदेखि नै देवस्थलीमा जात्राको चहलपहल सुरु हुन्छ । यस दिन सम्पूर्ण गुठियारहरु नुवाइधुवाइ गरेर देवीदेवतालाई देवघरबाट झिकेर सरसफाइ गर्छन् । त्यसपछि पूजाआजा गर्छन् र चोखो खानेकुरा खाएर बस्छन् ।

पूर्णिमाको दिन ठमेल वहालका धामी दिउँसोतिर आएर विधिवत्रुपमा पूजापाठ गर्छन् । त्यसपछि भैरव, गणेश, कुमारी, इन्द्रायणीलाई खटमा राखिन्छ । खटमा देवीदेवताका मूर्ति राखेपछि त्यसलाई देवस्थली मन्दिरमा लगेर राखिन्छ । जहाँ राति १२१बजेसम्म पूजाआजा गरिन्छ । यस बेला थुम्बा काटेर भोग दिने चलन पनि छ । यस अवसरमा नाचगान सहित बाजागाजा बजाउने चलन पनि रहेको छ ।

त्यसको भोलिपल्ट देवस्थली चौरको देवस्थली मन्दिरमा नेवार सम्प्रदायबाहेक अन्य समुदायका मानिसहरु पनि आएर देवीदेवताको श्रद्धापूर्वक पूजा गर्छन् । यसरी पूजा सकिएपछि देवतालाई गाउँगाउँमा डुलाउने गरिन्छ । त्यसपछि खटलाई काभ्रेस्थली घट्टेखोला ठाँटी पिपलबोटमाथिको चोकमा लगेर राखिन्छ । जहाँ वरपरका मानिसहरुले पूजा गर्छन् र बेलुका ७÷८ बजेतिर पनि पूजाआजा धूपबत्ती गर्दै रथलाई देउथली मन्दिर हुँदै देउताघरमा ल्याइन्छ र सोही राति १२÷१बजेतिर विधिपूर्वक पूजाआजा गरेर देवतालाई भित्र्याइन्छ ।

त्यसको भोलिपल्ट खटबाट देवीदेवतालाई झिकेर सफा गरिन्छ र विसर्जन पूजा गरिन्छ । बासेको ठूलो भाले बली दिएर विसर्जन पूजा गरेपछि देवस्थली जात्रा समाप्त हुन्छ । यसैदिन जात्राका अवसरमा काटिएका राँगा, थुम्बा, हाँस, कुखुराका शिरलाई प्रसादका रुपमा ठमेल भगवान वहालका धामीलाई दिएर बिदा गर्ने चलन पनि छ । त्यसपछि भोजभत्तेर खाने र नाचगान गर्ने चलन पनि रहेको छ ।

साङ्ला बालकुमारी जात्रा

तारकेश्वर नगरपालिकाको वडा नं १ साङ्ला बजारका नेवार साथै अन्य समुदायले मनाउने महत्वपूर्ण जात्रा नै बालकुमारी जात्रा हो । साङ्ला बालकुमारीको जात्रा पाँच दिनसम्म चल्दछ ।

साङ्ला बालकमु ारीकोजात्रा बैशाख पूर्णिमाको चतर्दुशीबाट सरुु भएर तृतीयासम्म धुमधामका साथ मनाइन्छ । जात्राको पहिलो दिनवाचतर्दु शीको दिन जात्रा मनाउने समदु ाय नवुाइधवुाइ गरी व त्र ब स् द छ न ् ।

देवताघरबाट देवतालाई पित्तलको ढक्कीमा दर्इु जनाले समातेर बाजागाजाका साथ नजिकैको ढङ्गु ेधारामा लगी नवु ाईधवु ाई गरी पनु ः देवता घरमा नै ल्याएर राख्छन् । यसै दिनबाट बालकमु ारीको जात्रा सरुु हन्ु छ । यसै दिन जात्रामा सहभागी हनु आफन्त, इष्टमित्र र साथीसब्गीहरूलाई निमन्त्रणा दिने गरिन्छ ।

जात्राकोदोसा्रेदिनअर्थात्पूर्णिमाकोदिनमादेवीकाविभिन्न२१वटामूर्तिसिब् गारेर खटमा राखिन्छ । पालैपालो खट बोकी विभिन्न झाँकीका साथ नगरका पत््र येक घर र चोकमा प¥ु याइन्छ । त्यसैदिन खटलाई बालकमु ारीको मन्दिरमा प¥ु याइन्छ । पूर्णिमाको राती देवी बालकमु ारीको भव्यरूपमा पूजा गरिन्छ । खटमा ल्याइएका १२ मूर्तिलाई विधिपूर्वक झिकी लाइनै राखेर पूजा गर्ने चलन छ । त्यस रात होम गरी विशेष पूजा पनि गरिन्छ । पूजा गर्दा ६÷६ जना लाइनमा बसेर संयत्तु m रूपमा गर्ने चलन छ । पूजा गरिसकेपछिसम्येवजीरपस्र ादगह्र णगरिन्छ ।योदिनलाईबालकमु ारीजात्राकोमहत्वपूर्ण दिन मानिन्छ ।

पूर्णिमाको भाेि लपल्ट वा प्िर तपदाको दिन बिहान नित्यपजू ा गरिसकपे छि बालकमु ारी मन्दिरबाट दवे तालाई विधिपवू र्क खटमा राखिन्छ । त्यसदिन विशष्े ा झाकँ ीसहितफरकफरक टाले ीद्वारा बासकु ी, धिम,े खी, कसु ल,े मसं ीया, कनार्ल , बण्ै डवाजा बजाउदँ ै र नाचागन गरी रमाइलो गरी खटलाई चारै मा ल्याइन्छ । त्यसपछि उक्त दिनको जात्रा समाप्त हन्ु छ ।

पूर्णिमाको पर्सिपल्ट खासै पूजाअर्चना हुँदैन । देवतालाई देवताघरमा नै राखिन्छ र यसदिन थकाइ मार्ने परम्परा छ । त्यस दिन यहाँ किवु जात्रा लाग्दछ । यस दिनमा गाउँले वा जात्रालुले दहीचिउरा खर्पनमा ल्याई देवताघरमा पूजा गर्छन् । खर्पनमा बोकी ल्याएको दहीचिउरालाई प्रसादका रूपमा ग्रहण गर्छन् । जात्राको अन्तिम दिन पुनः देवताघरबाट देवतालाई झिकी खटमा राखेर गाउँभरि डुलाइन्छ । यसै दिन लाखे नाच देखाउने प्रचलन पनि छ ।

त्यस दिन देवताको खटलाई चुनीदेवी मन्दिरसम्म पु¥याइन्छ । चुनीदेवी र बालकुमारी दिदीबहिनी भएको विश्वास स्वरूप वर्षमा एक दिन दिदीबहिनीको भेट गराइएको भन्ने जनश्रुति पाइन्छ । तिनै चुनदेवीको नामबाट नै यस ठाउँको नाम चुनी रहन गएको हो । विशेषतः नवरात्र तथा साङ्ला बालकुमारी जात्राको समयमा यस मन्दिरमा भक्तजनहरूको भिड लाग्ने गरेको पाइन्छ ।

जयाइन्द्रायणी जात्रा

तारकेश्वर नगरपालिका ७ फुटुबमा मनाइने प्रमुख जात्रामध्ये नारायणी जयादेवी र महालक्ष्मीको जात्रालाई प्रमुख मानिन्छ । यो जात्रा चैत्र मसान्तको दिन विधिवत्रुपमा लिब्गो ठड्याएर भाले काटी भोग दिएर पूजा गरेपछि यो जात्राको औपचारिक सुरुवात् हुन्छ ।

सोही साँझ देवताका मूर्तिलाई देवघरबाट झिकेर मन्दिरमा लगेर राखिन्छ । पाटनका आचाजु पुजारीले विधिवत्रुपमा पूजा गर्छन् । बैशाख १ गते बिहान गुठियारहरु आएर पूजा गर्ने तथा बोका, कुखुुरा र हाँसको बली दिने गर्दछन् । साँझतिर खटमा राखिएका गणेश, भैरव, महालक्ष्मी लगायतका देवीदेवतालाई गाउँघर डुलाउने चलन छ । यस अवसरमा गुठियारहरुले देवताको पूजागर्ने र बली दिने गर्दछन् ।

त्यस्तै जात्राको दोस्रो दिन जयाइन्द्रायणीको खटलाई गाउँ परिक्रमा गराइन्छ र चोकमा रहेको पोखरीमा नचाउने गरिन्छ । यस बेला एकापसमा पानी छ्यापाछ्याप गरेर रमाइलो पनि गरिन्छ । त्यसपछि खटलाई ल्याएर देवता घरअगाडि राखिन्छ । स्थानीय गुठियार वा अन्य भक्तजनहरु पनि खटमा राखिएका देवीदेवताको पूजाआजा गर्न आउँछन् । जात्राको तेस्रो दिन देवता घरअगाडि खटलाई विश्राम गराइन्छ । यस दिन आराम गर्ने भनिन्छ ।

खटपूजा गरेर देवतालाई स्नान गराइन्छ र विधिवतरुपमा पूजागरेर थन्क्याइन्छ । यसरी चैत्र मसान्तको मध्यरातबाट सुरु भएको फुटुब जयइन्द्रायणी जात्रा वैशाख ४ गते सकिन्छ ।

यो जात्राको आयो जना यहाँको गुठीले नै गर्दछ । चैत्र मसान्तमा फुुटुब चौरमा धर्मस्थलीबाट उडेर आएको पताका सहितको लिब्गो गाडिन्छ । सो अवसरमा फुटुबमा रहेको पोखरीमा जयइन्द्राणीलाई नचाउने वा डुबाउने गरिन्छ । तर केही स्थानीयले महालक्ष्मीको गहना हराएको कारण त्यहाँको पोखरीमा खट घुमाएर गहना खोजिएको पनि भन्दछन् । त्यसैले यहाँको पोखरीलाई गहना पोखरी भनिएको हो । तर पछि पोखरी बनाउँदा नाग फेला परेकोले यस पोखरीलाई नाग पोखरी पनि भन्न थालिएको हो । फुटुब पोखरीमा खटलाई नचाउँदाको दृश्यलाई यस जात्राको ज्यादै भव्य र आकर्षक क्षणका रुपमा लिइन्छ । जात्राअवधिमा गुठियारहरुले कुनै पनि कृषिकर्म गर्न नहुने भन्ने मान्यता यस क्षेत्रमा अद्यावधि पाइन्छ ।

मनमैँजुको भोटो परम्परा

मनमैँजु जात्राको महत्वपूर्ण पक्ष भोटो जात्रा पनि हो । मनमैँजुको पनि भोटो देखाइन्छ भन्दा कतिलाई अचम्म लाग्न सक्छ तर त्यो वास्तविकता नै हो ।

प्रत्येक वर्ष चैत्र शुक्ल चतुर्दशीका दिनदेखि पाँचदिनसम्म परम्परागत रूपमा मनमैँजुको जात्रा मनाइन्छ । चैत्र शुक्ल चतुर्दशीका दिन तारकेश्वर महादेवको जब्गलबाट विधिपूर्वक पूजा गरी काटेर ल्याइएको सल्लाको रुखको लिंगोलाई मन्दिरअगाडि ठड्याइन्छ । पाँचदिनसम्म विविध तरिकाले मनमैँजुको पूजा गरिन्छ र खटलाई विभिन्न टोलमा पु¥याइन्छ । विधिवत्रुपमा पूजाआजा गरिन्छ र भोग पनि

दिइन्छ । भव्यरुपमा सिन्दूर यात्रा गरेर यो जात्रा मनाइन्छ । रथ यात्रा सुरुहुनु अगाडि ठड्याइएको लिंगो ढालेपछि खटयात्राका क्रममा खटमा राखिएका देवतालाई धोइपखाली गरिन्छ । त्यसपछि ती देवतालाई विशेष पूजा गरी यथास्थानमा विराजमान गराइन्छ । खिँ दावा बजाएर भजन कीर्तन गरिन्छ । विधिवत्रूपमा देवतालाई यथास्थानमा विराजमान गराइसकेपछि भोटो देखाउने अनौठो र रोचक परम्परा अगाडि बढ्छ । उक्त भोटो मूलधामी र गुठीका थकालीले उपस्थित भक्तजनलाई देखाउने चलन छ । यस प्रकारको परम्परा देवी घरभित्रमात्र सीमित हुन्छ । अन्य सर्वसाधारणका लागि भोटो देखाइँदैन ।

राजा गुणकामदेव नागार्जुन जब्गलमा शिकार खेल्दै जाँदा एकपटक त्यसै जब्गलमा बास बस्न पुगेछन् । उनले राति सपनामा मनमैँजु देवी अर्थात् अजिमा इन्द्रायणीको दर्शन पाएछन् । देवीले चैत्र शुक्ल पूर्णिमाको दिन पूजा अर्चना गरी जात्रा चलाएमा मनोकाब्क्षा पूरा हुनेछ भनी अन्तध्र्यान भइछन् । भोलिपल्ट बिहान राजा बिउँझिएर अग्लो स्थानबाट चारैतिर हेर्दा पानीको दह भएको काँडाहरूको झ्याँबको बीचमा बस्ती र एउटा सुन्दर मन्दिर देखेछन् । त्यसपछि राजाले उक्त मन्दिरसम्म पुग्ने बाटो निर्माण गरी स्थानीयलाई जाग्रित गराई चारदिनसम्म जात्रा मनाउन लगाएछन् । पाँचौँ दिनमा इन्द्रायणी देवीले चिनो स्वरूप छोडी दिएको हीरामोती जडित भोटो देखाउँदा गुणकामदेव र स्थानीयको मनाकाब्क्षा पूरा भएछ । त्यसै समयदेखि मनमैँजुको जात्रा प्रचलनमा आएको हो । त्यसपछि जात्राका अवसरमा अहिले पनि भोटो देखाउने परम्परा छ । यद्यपि प्रचलनमा रहेको भोटो देखाउने परम्पराको प्रमुख आकर्षण मानिने भोटो त्रिकोणाकारको छ । किम्वदन्ती अनुरुप उक्त भोटोलाई राजा इन्द्रले मनमैँजुलाई दिएको कपडा हो भन्ने गरिन्छ । त्यस्तै मनमैँजुको जात्रामा देखाइने भोटो केशावती र विमलावती नदीको सब्गम मनोरथतीर्थमा बास गर्ने कुलिक नागराजको हो भन्ने किम्वदन्ती पनि पाइन्छ ।

मल्लकालीन फूलपाती परम्परा

हिन्दूहरुको महानपर्व विजया दशमीमा फूलपाती भित्र्याउने परम्परा रहेको छ । जुन परम्परासँग गोलढुब्गा पुरानो गुह्येश्वरीको फूलपाती परम्परा पनि गाँसिएको छ।

प्रत्येक वर्ष नवरात्रको सप्तमी तिथि वा फूलपातीका दिन पुरानो गुह्येश्वरी मन्दिरबाट विधिवत्रुपमा फूलपाती लैजाने परम्परा बीचमा केही समय रोकिए पनि अहिले भव्यरुपमा फूलपाती लैजाने गरिन्छ । पृथ्वीनारायण शाहले विक्रम सम्बत् १८२५ मा कान्तिपुर विजय प्राप्त गरेदेखि नै गोरखाबाट धादिबको जीवनपुर हँुदै ल्याइने पूmलपाती हनुमानढोका दशैँघरमा फूलपातीका दिन भित्र्याउन थालियो ।

तर पृथ्वीनारायण शाहले कान्तिपुर विजय गर्नुपूर्व हनुमानढोका दशैँघरमा पुरानो गुह्येश्वरीलगायत अन्य शक्तिपीठबाट पनि फूलपाती भित्र्याइन्थ्यो । केही समय रोकिएको उक्त परम्पर निरन्तररुपमा चल्दै आइरहेकोमा स्थानीय बासी पनि ज्यादै हर्षित भएका छन् । यस प्रकार कुनै पनि संस्कृति संरक्षण र सम्वद्र्धन हुनु पर्ने देखिन्छ । कान्तिपुर विजयपश्चात् पुरानो गुह्येश्वरीबाट हनुमानढोका कडेँल्चोक दशैँघरमा भित्र्याइने फूलपाती परम्परा शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जअन्तर्गतको नागार्जुन खण्डमा रहेको नेपाली सेनाको बर्दबहादुर गणले प्रत्येक वर्ष फूलपातीका दिन विधिवत्रुपमा भित्र्याउने गरेको छ ।

विधिवत्रुपमा पुजारीले हवन गरी यहाँबाट साइत जुराएर बढाइँ गरेर फूलपाती लैजाने चलन छ । जसका लागि गुठी संस्थानले पहिले रकम उपलब्ध गराउने गरे पनि हाल उक्त रकम उपलब्ध गराएको देखिन्न । त्यसैले आर्थिक कारण पुरानो गुह्येश्वरीबाट सोह्रखुट्टे क्षेत्रपाटी हुँदै भुँडे गणेश इखापोखरीमा ल्याई पु¥याउने यो फूलपाती परम्परा समस्यामा परेको हो । यद्यपि गुरुज्यूको पल्टन र सेनाको गणले निशानसहित क्षेत्रपाटीमा यो फूलपातीको परम्पराबमोजिम स्वागत गरी कडेँलचोक भगवती पीठमा भित्र्याइन्छ । फूलपाती भित्र्याउँदा दिइने वली हाँस, पूजा खर्च, फूलपाती बोकेर ल्याउनेलाई दिने ज्यालाका अभावमा हिजोआज यो परम्परा संकटमा पर्दै आएको हो । गुह्येश्वरी फुलबारीबाट ३३ थरिका फूल र पातलाई फूलपातीसँगै भित्र्याइने प्राचीन परम्परा इतिहासमा उल्लेख भएको पाइन्छ ।

इन्द्रध्वजोत्सव/लिब्गो ठड्याउन प्रचलन

तारकेश्वर नगरपालिकामा विभिन्न जात्राका अवसरमा लिब्गो ठड्याउने वा ध्वजोत्सव गरिने परम्परा पनि रहेको छ । खासगरी इन्द्रजात्रा र विस्केट जात्रामा जस्तै तारकेश्वर नगरपालिकामा पनि मनमैँजु, फुटुब र साब्लाको जात्रामा लिब्गो ठड्याउने प्रचलन छ ।

इतिहासअनुसार लिब्गो ठड्याउने चलनको सुरुवात धर्मस्थलीबाट भए पनि धर्मस्थलीमा लिब्गो ठड्याउने चलन छैन । परापूर्वकालमा धर्मस्थलीमा पाहाँचह्रेको जात्राको अघिल्लो दिन लिब्गो ठड्याउने चलन चलेको थियो । तर त्यसरी गाडिएको लिब्गोको झल्लर वा ध्वजा उडेर फ्टुबमा पुगेछ । लिब्गोचाहिँ टोखामा खसेछ । यसरी हावाले उडाउने क्रममा लिब्गो टोखा र झल्लर फुटुबमा पुगेछ । त्यसैले फुटुबमा पनि प्रत्येक वर्ष चैत्र मसान्तदेखि वैशाख ४ गतेसम्म हुने जात्रामा इन्द्रध्वजोत्सव स्वरुप उक्त लिब्गो स्थापना गरिन्छ र उक्त झल्लर त्यस लिब्गोमा झुन्ड्याएर राख्ने प्रचलन छ ।

त्यस्तै मनमैँजुमा पनि मनमैँजु जात्रा सुरु हुनु पहिले लिब्गो ठड्याउने चलन छ । मनमैँजुको जात्रामा प्रत्येक वर्ष मनमैँजु मन्दिरअगाडि लिब्गो ठड् याउने चलन परापूर्वकालदेखि चलिआएको परम्परा हो । इन्द्रको प्रतीकका रुपमा इन्द्रध्वज फरफराउने चलन मनमैँजु जात्राका अवसरमा देख्न सकिन्छ । जसलाई अनुपम क्षणका रुपमा लिन सकिन्छ । जब कि मनमैँजु जात्राका अवसरमा इन्द्रको खटको प्रतीकका रुपमा रहेको इन्द्रध्वजा (हलपत्ता) फरफराउने चलन मनमैँजुको खटजात्रासँगै चलेका हो । मूलजात्राका दिन मनमैँजु मन्दिरअगाडि गाडिएको इन्द्रध्वजलाई तीनपटक मनमैँजुको खटले परिक्रमा गराएपछि मात्र जात्रा सुरु हुने गर्दछ । जुन लिब्गोका रुपमा ठड्याइने सल्लाको काठ तारकेश्वर अर्थात् शिवपुरी राष्ट्रिय निकुञ्जबाट ल्याइने गरिन्छ ।

त्यस्तै, मनमैँजु जात्राको अन्तिम दिन खटजात्रा सकिएपछि इता पूजा हुन्छ । उक्त पूजापछि धिमे, नायखिँ बाजा बजाउँदै गुठियार, पुरोहित, पुजारीलगायत सबै भक्तजनहरु आएर लिब्गो ढाल्ने कार्य गरिन्छ । यसलाई नेवारी भाषामा यसि कोथलेगु भनिन्छ । लिब्गो ठड्याउँदा लिब्गोको टुप्पोमा राखिएको तारेस्वाँ अर्थात् तारकेश्वरबाट ल्याइएको फूल लिनका लागि मानिसहरुको तँछाडमछाड हुन्छ । लिब्गो ढालिसकेपछि त्यसलाई सुरक्षित ठाउँमा राख्ने चलन छ ।

त्यस्तै, फुटुबमा चैत्र मसान्तमा जयादेवी महालक्ष्मीको जात्रा लाग्दछ र सो अवसरमा पनि लिब्गो गाड्ने चलन छ । यहाँ गाडिने ध्वजा धर्मस्थलीबाट उडेर आएको हो । त्यसपछि फुटुब चौरमा गाडिएको लिब्गोमा विधिवत्रुपमा पूजा गरेपछि जात्रा सुरु हुन्छ र उक्त जात्रा वैशाख ४ गते सकिन्छ । जात्राको अन्तिम दिन फुटुब चौरमा गाडिएको लिब्गोलाई विधिवत्रुपमा पूजाअर्चना गरेर ढालेपछि फुटुबमा पनि जयादेवी र महालक्ष्मीको जात्रा समाप्त हुन्छ । साब्लामा पनि घोडेजात्रादेखि नै लिब्गो ठड्याउने गरिन्छ । जुन लिब्गो चैत्र पूर्णिमामा बालकुमारी र चुनदेवीको खटजात्रा समाप्त भएपछि विधिवत् रुपमा ढालिन्छ ।