Services
A municipality typically provides a variety of services to its residents. These services may include:
योजना सम्झौताका लागि पेश गर्नुपर्ने आवश्यक कागजातहरु
सेवा प्रकारः-
१. उपभोक्ता समिति गठन गर्दा सम्बन्धित वडाका जनप्रतिनिधिको रोबहरमा उपभोक्ता समिति गठन गरेको माइन्युटको प्रतिलिपी ।
२. उपभोक्ता समिति गठन गर्दा योजना बाट प्रत्यक्ष लाभान्वित हुने घरपरिवारको आम भेला बाट कम्तिमा सात सदस्यी उपभोक्ता समिति गठन गर्नुपर्ने छ ।
३. उपभोक्ता समितिको सदस्यहरुमा कम्तिमा ३३% महिला हुनुपर्ने छ । समितिको अध्यक्ष / सचिव / कोषाध्यक्ष मध्य कम्तिमा १ जना महिला पदाधिकारी हुनुपर्ने छ ।
४.उपभोक्ता समितिका पदाधिकारीहरुको नागरिकताको प्रतिलिपि अनिवार्य राख्नुपर्ने ।
५.सम्बन्धित वडा कार्यालयको सम्झौताको लागि गरिएको सिफारिश, चालु आ.व को स्वीकृत कार्यक्रम उल्लेख गरेर पठाउनु पर्ने छ ।
६. उपभोक्ता समितिको बैंक खाता अध्यक्ष/सचिव/कोषाध्यक्ष मध्ये २ जनाको अनिवार्य दस्तखतबाट खाता संचालनको निर्णय भएको हुनुपर्ने ।
७. अनुगमन समितिमा जनप्रतिनिधिको संयोजकत्वमा कम्तिमा ५ सदस्यीय गठन गर्नुपर्ने । (३३% महिला हुनुपर्ने)
८. सम्झौताका लागि निवेदन ।
९. निर्माण स्थलको कार्य गर्नुभन्दा अगाडीको सम्बन्धित ठाउँको फोटो ।
१०. कार्यक्रम योजनाको लागि प्रमाणित प्रपोजल (proposal) पेश गर्नुपर्ने ।
११. जिल्ला प्रशासनमा दर्ता भएका संस्थाले आफ्नो संस्थाको नविकरण भएको प्रतिलिपि, आयकर दर्ता प्रमाणपत्रको प्रतिलिपी र अघिल्लो आ.व. सम्मको आयकर चुक्ता प्रमाणपत्र (नगरपालिका, वडा कार्यालय दर्ता समेतका लागि)
योजना भक्तानीका लागि पेश गर्नुपर्ने आवश्यक कागजातहरु
१) उपभोक्ता समितिको बैठक बसी भुक्तानी सम्बन्धको माइनुटको फोटोकपी
२) उपभोक्ता समितिको भुक्तानी सम्बन्धीत कार्यालयको नाममा निवेदन
३) योजना संचालन तथा व्यवस्थापन कार्यविधि, २०७४ का अनुसुचीहरु
- अनुसुची-३ (खर्च सार्वजनिक सुचना फारम )
- अनुसुची-४ (उपभोक्ता समितिको भौतिक तथा वित्तिय प्रगती प्रतिवेदन
- अनुसुची- ७ ( सार्वजनिक परिक्षण फारम ढाँचा )
४) उपभोक्ताहरु बाट गठन गरेको अनुगमन समितिको र वडा स्तरीय अनुगमन समितिको निर्णयहरु
(प्रतिवेदन)
५) योजना संचालन हुनुभन्दा अगाडीको, काम गर्दा गर्दैको फोटो र कार्य सम्पन्न पछाडीको फोटोहरु
६) सम्बन्धीत वडाको कार्य सम्पन्न भएकाले भुक्तानी सम्बन्धको सिफारिस
७) प्रविधिकबाट कार्यसम्पन्न तथा मुल्याङकन प्रतिवेदन
८) कार्यक्रम योजनाको सन्दर्भमा सम्पन्नको प्रतिवेदन
९) रु २५,००,०००।– सम्म लागत अनुमान भएका योजनाहरुको हकमा सम्बन्धित वडाका वडाध्यक्षको अध्यक्षतामा गठन भएको अनुगमन समितिको निर्णय र रु २५,००,०००।– भन्दा बढी लागत अनुमानको योजनाहरु नगर उप-प्रमुखको अध्यक्षतामा गठन भएको अनुगमन समितिको अनुगमन प्रतिवेदन
१०) खर्चसँग सम्बन्धित विल भपाईहरु ।
भवन निर्माण सम्पन्नको लागि पेश गर्नुपर्ने कागजातहरु
१. पहिलो पास गरेको नक्शा र प्रमाणपत्रको फोटोकपी
२. जागा धनी प्रमाणपत्र (प्रमाणित प्रतिलिपि ) प्रतिलिपि
३. चालु आर्थिक बर्षको मालपोत तिरेको रसिदको प्रतिलिपि
४. नागरिकता प्रमाणपत्रको (प्रमाणित) प्रतिलिपि
५. निर्माण भएको भवनको चारै तिर बाट खिचेको फोटो
६. निबेदन
७. घर धनीको पि. पि. साईजको फोटो २ प्रति
८. रेकड फाईल
नक्सा पासका लागि आवश्यक पर्ने कागजातहरु
क) नयाँ निर्माणको लागि नक्शा पास गर्न अनिवार्य पेश गर्नुपर्ने आवश्यक कागजातहरु
१. जागा धनी प्रमाणपत्र ((प्रमाणित) प्रतिलिपि ) प्रतिलिपि
२. चालु आर्थिक बर्षको मालपोत तिरेको रसिदको प्रतिलिपि
३. नागरिकता प्रमाणपत्रको (प्रमाणित) प्रतिलिपि
४. कि.नं. स्पष्ट भएको नापी प्रमाणित नक्शा (ब्लु प्रिन्ट/ ट्रेस)
५. पास गरिने नक्शाको फोटोकपी (डिजाईनर र नक्शावालाको हस्ताक्षर सहित)
६. डिजाईनरको इजाजतपत्रको नबिकरण सहितको फोटोकपी(सरोकारवालाबाट प्रमाणित)
७. मञ्जुरी लिई बनाउने भएमा नक्शा वालाले वडा अध्क्षयको रोहवरमा भएको मञ्जुरीनामाको सक्कल
८. भवन निर्माण हुने जग्गा (site) मा पुग्ने बाटो प्रष्ट नभएमा वडाको रोहवरमा बाटोको मञ्जुरीनामाको
(सक्कल)
९. जग्गा कुनै निकायम धितोको लागि सुरक्षित राखिएको भए सम्बन्धित निकयाबाट स्वीकृतिपत्र
१०. आर्किट्रेकचल ड्रोइङ्ग २ सेट
११. स्ट्रकचरल ड्रोइङ्ग २ सेट
१२. घर धनीको फोटो २ सेट
१३. नक्शावाला मोही भएमा जग्गा धनी वा गुठीको स्वीकृतिपत्र
१४. वारेश राखि नक्शा पास गर्ने भए वारिसको पप्रमाणितको प्रतिलिपि
बसाइ सराई आउने / जाने दर्ता
१) निवेदन पत्र र नागरीकताको प्रमाणपत्रकोे प्रतिलिपी
२) बसाइ सराई गरी जानेको हकमा परिवारको विवरण सहित सम्बन्धित वडा कार्यालय बसाई सराईको कागजात।
३) जहाँ जाने हो त्यस ठाउँको लालपूर्जा र जुन ठाउँमा आउनेको पनि पेश गर्नुपर्ने ।
४) बसाई सराई गरी आउनेको हकमा बसाई सराई गरी ल्याएको लगत हस्तान्तरण फारम
५) जाने/आउने सबै व्यक्तिको घटना दर्ताको प्रतिलिपि
६) चालु आ.व. सम्म घर जग्गा र भुमि कर तिरेको रसिद ।
सम्बन्ध विच्छेत दर्ता
१. निवेदन पत्र
२.अदालतबाट सम्बन्ध विच्छेद भएको फैसलाको प्रमाणित प्रतिलिपि
३. पतिपत्नीको नागरीकताको प्रतिलिपि १/१ प्रति
विवाह दर्ता
१) निवेदन पत्र
२) दुलाहा/दुलहीको नागरीकताको प्रमाणपत्रकोे प्रतिलिपि
३) २-२ प्रति पासपोर्ट साईजको फोटो
मृत्यु दर्ता
१) निवेदन पत्र
२) मृतकका नागरिकता र सूचना दिन आउने नागरिकता
जन्म दर्ता
१) बुबा आमाको नागरिकताको प्रमाणपत्र,आवश्यकता अनुसार बिबाह दर्ता,सूचकको नागरिकताको प्रमाणपत्र,अन्य जिल्लाको नागरिकता भए बसाइसराइ